Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

ROAD TO TOKYO 5 Steps to Working in Tokyo

STEP2 APPLY आवेदन

आवेदन दिने बेला ध्यान पुर्याउनु पर्ने कुरा भन्नाले ?
कागजातहरूको छनौट पार गर्नका लागि कम्पनीको आवश्यकताहरू थाहा पाउनु जरुरी छ।

आवेदन दिनु पहिला

टोक्योमा आफ्नो क्यारियरको बारेमा सोच्ने

लक्ष्य तथा योजना बोकेर, अहिले गर्नु पर्ने कुरालाई प्रस्ट गर्ने l भविष्यमा आफू के बन्न चाहेको हो, क्यारियरको बारेमा सोचेर हेरौं। अहिलेसम्म आफ्नो अनुभवबाट जापान सँगको सम्बन्धलाई बुझेर टोक्योमा गई आफूले के हासिल गर्न चाहेको ? के उपलब्धि गर्न चाहेको? भन्ने कुरा स्पष्ट हुनु महत्वपूर्ण हो l

आफूलाई मिल्ने रोजगारी खोज्ने

टोक्योमा काम गर्न चाहेको कारण तथा अवश्य पूरा गर्न चाहेको इच्छित सर्तहरू मिल्यो भने, त्यसपछि रोजगारी छनौट गर्ने हो l रुची भएको उद्योगको रोजगारी सर्त तथा आफ्नो अनुभवको मुल्याङ्कन, इच्छा अनुसारको सर्त मिलेको छ छैन निश्चित गर्दै रोजगारी खोजौं l “FIND A JOB” मा सुचिकृत मानवीय संसाधन परिचय कम्पनीमा सम्पर्क गरेर हेरौं l

आवेदन दिने तरिका

आवेदन दिने तरिका मुख्यतयाः “रोजगार कम्पनी तथा रोजगार जानकारीको होम पेजबाट सिधै आवेदन दिने” “मानवीय संसाधन परिचय कम्पनी मार्फत आवेदन दिने” २ वटा तरिकाहरु छन् l सिधै आवेदन दिने अवस्थामा, कम्पनीको जिम्मेवार व्यक्तिलाई सिधै अपिल गर्न सकिन्छ l साथै, मानवीय संसाधन परिचय कम्पनीको अवस्थामा, मातृभाषाबाट बुझाइने तथा तपाईंलाई मिल्ने कम्पनीको परिचय गरिदिने सेवा निःशुल्क पाउन सकिन्छ l जुनै अवस्थामा पनि, आवेदन दिने बेलामा, छनौट तथा कम्पनीमा रोजगारीको लागि टोक्योमा जाने इच्छा भएको कुरा व्यक्त गर्नु महत्वपूर्ण छ। रोजगार विवरण हेर्ने तरिका, ”FAQ OPENING SAMPLE” लाई हेरौं l

How to apply

आवेदन दिए पछि

निवेदनका कागजातहरू सम्बन्धी छनौट नतिजा करिब 1, 2 हप्तामा कम्पनी तथा मानवीय संसाधन परिचय कम्पनीबाट जानकारी आउँछ।
कागजात छनौटमा उत्तीर्ण भएमा अन्तर्वार्ताको तालिका निर्णय गर्ने हुनाले सकेसम्म चाँडो जवाफ दिने गरौं l

अन्तर्वार्ताको लागि टोक्योमा आउन नसकिने अवस्थामा अनलाइन Web अन्तर्वार्ता वा तपाईंको निवासस्थान नजिकै कम्पनीको कार्यालय छ भने, त्यहाँ पनि गर्न सकिन्छ l कुन तरिकाबाट अन्तर्वार्ता दिने सम्भावना छ र टोक्यो जाने योजना छ छैन भनेर आवेदन दिने बेलामा कम्पनी तथा मानवीय संशाधन परिचय कम्पनीलाई भनी राख्नु राम्रो हुन्छ l साथै, अन्तर्वार्तालाई ध्यानमा राखेर आफूले सोध्न चाहेको प्रश्न पनि तयारी गरेर राख्नु राम्रो हुन्छ l

企業人事担当者の声イメージ

“आफ्नो अनुभवको बलियोपन र कमजोरपन” तथा ”किन त्यो कम्पनी ठीक छ” लाई विश्लेषण गरौं।

“टोक्योमा काम गरौं।” परामर्श डेस्क / परामर्शदाता
मलेसियामा जन्मेको

企業人事担当者の声イメージ

"“जापानको केन्द्र टोक्योमा काम गरेर हेर्न चाहन्छु” वा “जापानीहरूको लगनशीलताका साथ काम गर्ने तरिकालाई सहानुभूति गरेको हुनाले टोक्योमा काम गर्न चाहन्छु” आदि टोक्योमा काम गर्न चाहेको कारणको बारेमा विचार गर्ने, अहिले सम्मको अनुभवले कम्पनीलाई के सहयोग गर्न सकिन्छ ? भन्ने कुराहरू संकलन गरेर हेर्यो भने, आफूलाई कस्तो कम्पनीले लिन चाहेको छ भन्ने कुरा प्रष्ट हुँदै आउँछ।
इच्छा गरेको रोजगार एकत्रित हुँदै आयो भने, कम्पनीको होमपेज आदि बाट जानकारीहरू संकलन गरौं।
रोजगार जानकारीमा पहिले नै काम गरिरहेका कर्मचारीहरूको स्थिति हालिएको पनि हुन सक्ने हुनाले, कम्पनीको वातावरण थाहा पाउन सकिन्छ l आफ्नो विश्लेषण र कम्पनीको अनुसन्धान गर्ने कुराले, अन्तर्वार्ताको बेलामा आत्मविश्वासका साथ आफूलाई अपिल गर्न सकिने हुनाले अवश्य अभ्यास गरौं।"