Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

ROAD TO TOKYO 5 Steps to Working in Tokyo

STEP4 PREPARING FOR TOKYO टोक्योमा जाने

टोक्योमा काम पक्का भयो भने,
सबैभन्दा पहिले जापान जानको लागि बसोबास योग्यता・भिसाको प्रक्रिया सुरु गरौं।

जापान प्रवेश गर्ने बेला सम्मको प्रक्रिया

जापानमा काम गर्नको लागि जापान प्रवेश गर्नु अघि भिसा र बसोबास योग्यता प्राप्त गर्न जरुरी छ।
विदेशमा बस्ने विदेशीहरूको खण्डमा, सर्वप्रथम आफू नियुक्ती हुने कम्पनीले 「बसोबास योग्यताको अनुमति प्रमाणपत्र」को लागि टोक्योमा आवेदन दिने ・प्राप्त गरिसके पछि, विदेशमा बस्ने आवेदकलाई पठाउँछ। तपाईंले, नजिकको जापानी दूतावास・वाणिज्य दूतावासमा बसोबास योग्यताको अनुमति प्रमाणपत्र पेस गरेर भिसाको लागि आवेदन दिने र भिसा लिने । परिवार पनि सँगै टोक्यो जाने अवस्थामा, परिवारको लागि पनि बसोबास योग्यता / भिसा चाहिने भएकोले,बसोबास योग्यता अनुमति प्रमाणपत्र लिने प्रक्रियाको लागि कम्पनीलाई आग्रह गरौं।
जापान प्रवेश गर्ने बेलामा, विमानस्थलको अध्यागमन जाँचमा (राहदानी), भिसा देखाउने, बसोबास योग्यता अनुमति प्रमाणपत्र पेस गर्नुभयो भने राहदानीमा अवतरण अनुमतिको छाप लगाई दिनुका साथै बसाइ अनुमति /जाइर्युउ कार्ड (जापानको निवास कार्ड) पाउन सक्नुहुनेछ l

जापान प्रवेश गर्ने बेला सम्मको प्रक्रियाイメージ1(SP)

जापान प्रवेश गर्ने बेला सम्मको प्रक्रियाイメージ1

「बसोबास योग्यता अनुमति प्रमाणपत्र 」पठाउने

जापान प्रवेश गर्ने बेला सम्मको प्रक्रियाイメージ2

अध्यागमन जाँचイメージ3

अध्यागमन जाँचイメージ4

अध्यागमन जाँचイメージ4(SP)

अध्यागमन


Q 「बसोबास योग्यता」 भन्नाले ?

AA जापानमा प्रवेश गरेर, जापानमा बस्ने विदेशीहरूलाई नियम अनुसार अध्यागमनमा अवतरण अनुमति प्राप्त गर्नु पर्नेछ र त्यति बेला पाउने बसोबास योग्यता अनुसार जापानमा रहनु पर्छ। विदेशीहरूले जापानमा बसेर गर्न सकिने गतिविधिहरूको दायरा, यो बसोबास योग्यता द्वारा निर्धारण गरिएको छ, सामान्य नियमको रूपमा विदेशीहरूले आफूले पाएको बसोबास योग्यतामा निर्धारित काम या गतिविधि बाहेकका आय हुने गतिविधिहरू गर्न पाइने छैन l
कम्पनीमा रोजगारीको लागि नयाँ लिएका विदेशीहरूको बसोबास योग्यता 「प्राविधिक / मानवीय ज्ञान / अन्तर्राष्ट्रिय कामकाज」 धेरै भई, कानून / लेखा कार्यालयमा 「कानून / लेखाको कामकाज」, अनुसन्धान विभागमा 「अनुसन्धान」 आदि हुने भएकोले रोजगारीको विषयवस्तु अनुसार छनौट गरिनेछ l

पालना गर्नु पर्ने दायरा भित्र रहेर काम
सम्भव हुने बसोबास योग्यताको उदाहरण
बसोबास योग्यता उपयुक्त रोजगारीको उदाहरण बसाइ अवधि
प्राविधिक・
मानवीय ज्ञान・
अन्तराष्ट्रिय कामकाज
मेकानिकल इन्जिनियर, सिस्टम (प्रणाली) इन्जिनियर, प्रविधि विकास, डिजाइन, गुणस्तर नियन्त्रण आदि। / योजना, व्यापार, बजारीकरण आदि। / दोभासे, अनुवाद, भाषा निर्देशन, सार्वजनिक सम्बन्ध, विज्ञापन वा वैदेशिक कारोबारी काम, डिजाइन, उत्पादनको विकास आदि 5 वर्ष, 3 वर्ष, 1 वर्ष वा 3 महिना
व्यापार・
प्रबन्ध
वैदेशिक लगानी कम्पनी आदिको व्यवस्थापक / प्रबन्धक 5 वर्ष, 3 वर्ष, 1 वर्ष, 4 महिना वा 3 महिना
कानून /
लेखा कार्य
वकिल / अनुमोदित लेखापरिक्षक आदि 5 वर्ष, 3 वर्ष, 1 वर्ष वा 3 महिना
कम्पनी भित्र
काममा सरुवा
विदेशको कार्यालयबाट सरुवा भएर आएका कर्मचारी 5 वर्ष, 3 वर्ष, 1 वर्ष वा 3 महिना
अनुसन्धान सरकार सँग सम्बन्धित संस्था / निजी कम्पनी आदिको अनुसन्धानकर्ता 5 वर्ष, 3 वर्ष, 1 वर्ष वा 3 महिना
निर्दिष्ट सीप रेस्टुरेन्ट, नर्सिङ केयर, होटेल, खाना र पेय पदार्थको उत्पादन, बिल्डिङ क्लिनिङ आदि 12 उद्योग क्षेत्र निर्दिष्ट सीप (1) 5 वर्ष
निर्दिष्ट सीप (2) सिमित छैन
गतिविधिमा सीमित नभएको बसोबास योग्यता उदाहरण
बसोबास योग्यता योग्यताको उदाहरण बसाइ अवधि
स्थायी निवासी कानुन मन्त्रालयबाट स्थायी बसाइको अनुमति पाएका मानिस असीमित
जापानीको श्रीमान,
श्रीमती आदि
जापानीको श्रीमान, श्रीमती・आफ्नो बच्चा・
धर्मपुत्र-पुत्री
5 वर्ष, 3 वर्ष, 1 वर्ष वा 6 महिना
स्थायी निवासीको श्रीमान, श्रीमती स्थायी निवासी・विशेष स्थायी निवासीको श्रीमान, श्रीमती तथा जापानमा जन्मेर निरन्तर यही बस्दै आएको बच्चा 5 वर्ष, 3 वर्ष, 1 वर्ष वा 6 महिना

>स्रोत: अध्यागमन विभागको होमपेज

アドバイスイメージ

“कम्पनीले बसोबास योग्यता आवेदन, भिसा चाहिँ आफैले आवेदन“

“टोक्योमा काम गरौं।” परामर्श डेस्क परामर्शदाता
 इन्डोनेसियामा जन्मेको

アドバイスイメージ

बनयाँ कामदार लिने कम्पनीले अध्यागमन विभागमा गएर बसोबास योग्यताको आवेदन दिन्छ तर कम्पनीको आकार अनुसार पेस गर्ने कागजातहरूमा फरक हुन्छ, आवेदन प्रक्रियामा अभ्यस्त नभएका कम्पनीहरू पनि भएकोले आफैले पनि कस्तो कागजातहरू आवश्यक पर्छ भनेर खोज्ने र कम्पनी सँग सम्पर्क गर्दै प्रक्रिया अगाडि बढाऔं l
प्रक्रिया सुरु गरेपछि भिसा प्राप्त गर्न 2,3 महिना पनि लाग्न सक्ने तर त्यस बीचमा काम गरिरहेको कम्पनी छोड्न प्रक्रिया सुरु गर्दै टोक्यो जानको लागि तयारी पनि गर्दा राम्रो हुन्छ होला l