

Q. पदपूर्तिसम्बन्धी सूचनाबारे थप कुरा बताउन सक्नुहुन्छ?
A.उ. जापानमा कम्पनी प्रोफाइल, पदपूर्तिको विवरण वा रोजगारीका सर्तहरूको विवरण, जुन रोजगारीको जानकारीको रूपमा सूचीबद्ध छ, त्यसलाई क्युजिन-ह्यो वा पदपूर्तिसम्बन्धी सूचना भनेर चिनिन्छ। तपाईँ सायद कामको विवरण र आवेदनका आवश्यकताहरूमा विशेष ध्यान दिनुहुन्छ। यी दुई कुरालाई राम्ररी बुझेर रोजगारदाता कम्पनीले कर्मचारीबाट चाहेको सीप र क्षमताको आवश्यकता र आफूसँग भएको सीप र क्षमता बीच कुन कुरा मेल खान्छ भनेर थाह पाउनु महत्त्वपूर्ण छ।
- रोजगारीको प्रकार
- जापानमा रोजगारीको अवधिको आधारमा रोजगारीलाई अनिश्चितकालीन रोजगारी (स्थायी कर्मचारी) वा निश्चितकालीन रोजगारी (करार वा अस्थायी कर्मचारी) मानिन्छ। निश्चितकालीन रोजगारीको लागि गरिएको करारलाई प्रत्येक 3 महिनामा वा वार्षिक रूपमा नवीकरण गर्न सकिन्छ। त्यसैले रोजगारदाता कम्पनीसित अनुमानित करार अवधि पक्का गर्नुहोस्।
- तलब
- यो आम्दानीको वार्षिक (कुल) रकम हो। यदि तलबको रकममा XX येनदेखि XX येनसम्म भनेर तोकिएको छ भने रोजगारदाता कम्पनीले उम्मेदवारको अनुभव र सीपको आधारमा निश्चित रकम निर्धारण गर्नेछ। कृपया यो कुरा अन्तरवार्ताको बेला पक्का गर्नुहोस्।
- आवेदनका आवश्यकताहरू
- 【अनिवार्य आवश्यकताहरू】
तोकिएको पदको लागि आवेदन दिँदा अनिवार्य रूपमा आवश्यक पर्ने सीप तथा अनुभव आदि। यदि तपाईँ यी आवश्यकताहरू पूरा गर्न सक्नुहुन्न भने तपाईँलाई दस्तावेज छनौट चरणमा अक्सर अयोग्य ठहराइनेछ। - 【सिफारिस गरिएका आवश्यकताहरू】
तोकिएको पदको लागि आवेदन दिँदा यी सीप तथा अनुभवको आशा गरिन्छ र यसैको आधारमा तपाईँलाई प्राथमिकता दिइन्छ। यी आवश्यकताहरू पूरा गर्ने आवेदकहरूले दस्तावेज छनौट चरणमा लाभ उठाउनेछन्। दस्तावेज छनौट चरणमा पास हुन्छ कि हुँदैन भन्ने कुरा तपाईँ यी आवश्यकताहरू पूरा गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने कुराले निर्धारण गर्छ।

मेमो
कम्पनीले गैर-जापानी उम्मेदवारहरूलाई काममा राख्न चाहेको छ कि छैन भनेर तपाईँलाई थाह छैन भने नि?
जापानमा पदपूर्तिसम्बन्धी सूचनामा कुनै राष्ट्रियता तोकेर पदको लागि विज्ञापन दिनु कानुनविपरीत हो। आवेदन दिन लागेको जागिर आफ्नो देश वा क्षेत्रसित सम्बन्धित छ कि छैन भनेर थाह पाउन "कामको विवरण" जाँच्नुपर्छ र आफ्नो स्थानीय भाषा वा अन्य विदेशी भाषा आवश्यक छ कि छैन भनेर थाह पाउन "आवेदनका आवश्यकताहरू" जाँच्नुपर्छ। कुनै-कुनै रोजगारदाता कम्पनीले गैर-जापानी आवेदकहरूलाई खोजेको पनि हुन सक्छ। साथै त्यस विवरणमा "जापानी भाषा दक्षता आवश्यक छ" भनेर बताइएको छ भने त्यो पद सम्भवतः विदेशी आवेदकहरूलाई लक्षित हुन सक्छ।
इन्डोनेसियाका
30 वर्षमाथिका अन्तर्राष्ट्रिय सेल्स
टोक्योमा यस्ता कम्पनीहरू छन्, जसले तपाईँसित हाल सीप र ज्ञानको कमी भए तापनि तपाईँको भावी विकास र क्षमतामाथि विश्वास गरेर काम दिन्छन्। मेरो सन्दर्भमा भन्नुपर्दा कम्पनीले सुरुमा त अन्तर्राष्ट्रिय सेल्सको अनुभव भएको जापानीलाई काममा राख्न चाहेको जस्तो देखिन्थ्यो तर उहाँहरूले मेरो अन्तरवार्ता लिनुभयो र सेल्सको कुनै अनुभव नभएको इन्डोनेसियाली भए पनि अन्तमा मलाई भविष्यमा प्रगति गर्न सक्ने सम्भाव्यतामा आशा गर्दै काम दिइयो। मेरो विचारमा कम्पनीमा सामेल भइसकेपछि आफ्ना सहकर्मीहरूको भरोसा जित्न नसकेसम्म आफ्नो कार्यक्षमता विकास गर्नु महत्त्वपूर्ण छ।
