Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

FAQ Frequently Asked Questions Working & Living

LIVING
BANK बैङ्क

Q. कृपया मलाई वित्तीय संस्था (बैङ्क) बारे थप कुरा बताउन सक्नुहुन्छ?

A.जापानमा बसोबास गरेको विदेशी नागरिकले आफ्नो रेजिडेन्स (बसोबास) कार्डको बसोबास अवधि एक वर्ष वा सोभन्दा धेरै बाँकी भएमा बैङ्क खाता खोल्न सक्छन्। केही कम्पनीहरूले तलब पठाउने वित्तीय संस्था तोकेको हुनाले कम्पनीलाई कहाँ खाता खोल्ने भन्नेबारे सोध्नुहोस्। साथै आफ्नो घर वा अफिसनजिकै पैसा निकाल्न सकिने ठाउँहरू छन् कि छैनन् अनि खोल्ने खाताबाट आफ्नो देशसम्म पैसा पठाउन सकिन्छ कि सकिँदैन जस्ता कुराहरू पक्का गर्नुहोस्। हिजो आज नगद प्रयोग गर्नुभन्दा बैङ्क खातासँग जोडिएको क्यासलेस पेमेन्ट बढ्दै छ। आवश्यकताअनुसार क्रेडिट कार्ड बनाउने वा मोबाइल एप पेमेन्टको तयारी गर्नुहोस्।

खाता खोल्ने

बैङ्कमा खाता खोल्न रेसिडेन्स कार्ड, तपाईँको ठेगाना पक्का गर्न सक्ने कागजपत्रहरू (जुम्निह्यो आदि), नयाँ खातामा राख्न पैसा अनि तपाईँको इन्कान (स्ट्याम्प) वा हस्ताक्षर चाहिन्छ। इन्कान (स्ट्याम्प) इन्टरनेटमा अर्डर गरेर वा इन्कान पसलमा बनाउन सकिन्छ। इन्कान काताकाना वा रोमन अक्षरहरू प्रयोग गरेर बनेको भए पनि हुन्छ। जापानमा बसुन्जेल इन्कान अक्सर प्रयोग गर्नुपर्ने भएकोले दुई वटा जति इन्कान बनाइराख्नु उपयुक्त हुन्छ।

डिपोजिटको व्यवस्थापन

खाता खोलेपछि पासबुक र क्यास कार्ड जारी गरिनेछ। वित्तीय संस्था वा कन्भिनियन्स स्टोरमा राखिएको ATM मा क्यास कार्ड प्रयोग गरेर खातामा पैसा जम्मा गर्न, खाताबाट पैसा झिक्न, खातामा रहेको मौज्दात रकमको जानकारी उपलब्ध गर्न र अर्को खातामा पैसा पठाउन सकिन्छ। इन्टरनेट बैङ्किङको लागि आवेदन दिनुभयो भने अनलाइनबाटै खातामा रहेको मौज्दात रकमको जानकारी उपलब्ध गर्न र अर्को खातामा पैसा पठाउन सक्नुहुन्छ।

अन्तर्राष्ट्रिय रेमिट्यान्स

आफ्नो देशमा पैसा पठाउन चाहनुहुन्छ भने अन्तर्राष्ट्रिय रेमिट्यान्ससम्बन्धी कारोबार सम्हाल्ने बैङ्कमा रेमिट्यान्स प्रक्रियाहरू पूरा गर्न सक्नुहुन्छ। अन्तर्राष्ट्रिय रेमिट्यान्स गर्दा पैसा पठाउने बेला र पाउने बेला केही शुल्क लाग्छ।

विदेशी मुद्रा विनिमय

विदेशी विनिमय सम्हाल्ने बैङ्क र विदेशी मुद्रा साट्ने पसलमा गएर जापानी येनबाट अरू मुद्रामा अनि अरू मुद्राबाट जापानी येनमा पैसा साट्न सक्नुहुन्छ।

स्रोत: टोक्यो महानगरीय त्सुनागारी फाउन्डेसन: जीवनयापनसम्बन्धी जानकारी

  • ONE DAY IN TOKYO

  • JAPANESE

  • COMMUTING

  • TEMPERATURE AND CLIMATE

  • HOUSING

  • MOBILE PHONE INTERNET

  • MEDICAL

  • BANK

  • TOURISM

  • EMERGENCY

WOKING
  • ABOUT TOKYO

  • SKILLS

  • SALARY

  • LIVING COST

  • UNEXPEXTED EXPERIENCE IN WORK

  • BUSINESS ATTIRE

  • CAREER FIELDS

  • OPENING SAMPLE

  • EMPLOYMENT CONTRACTS

  • SOCIAL WELFARE

BACK TO INDEX