

Q. बस्ने ठाउँ कसरी भेट्टाउन सकिन्छ?
A.घरजग्गा जानकारी वेबसाइटमा अपार्टमेन्टहरू र फ्ल्याटहरूमा खाली कोठा खोज्नुहोस्। यदि तपाईँले मन पर्ने कोठा भेट्टाउनुभयो भने वेबसाइटमा उपलब्ध गराइएको सम्पर्क जानकारी प्रयोग गरेर घरजग्गा कम्पनीलाई सम्पर्क गर्नुहोस्। तपाईँलाई कोठा देखाइनेछ, घर मालिकसित सम्झौतामा हस्ताक्षर गरेपछि त्यस कोठामा सर्न सकिन्छ। कुनै-कुनै कोठा खाली छ भनेर लेखिए तापनि एक वा दुई महिनापछि मात्र कोठामा सर्न दिन सक्छ। त्यसैले सोधपुछको बेला घरजग्गा एजेन्टसित कुरा गर्दा कोठामा सर्न सकिने मिति पक्का गर्नुहोस्। केही घरजग्गा कम्पनीहरूले विदेशी-भाषामा कुराकानी गर्न सक्छन् वा सम्झौताको कागजात विभिन्न भाषामा तयारी गरिदिन सक्छन्।
आवासको प्रकार
साझा घर |
एउटै घरमा धेरै व्यक्तिहरू बस्न सक्छन्। |
---|
साझा घरहरूमा प्रायजसो एउटा मात्र प्रवेशद्वार, साझा सुविधा जस्तै: भान्सा कोठा, बैठक कोठा, ट्वाइलेट र बाथरुम अनि त्यहाँ बस्ने प्रत्येकको लागि व्यक्तिगत बेडरुम हुन्छन्। ती घरहरू 20 वर्षदेखि 30 वर्षमाथिका अविवाहितहरू र पहिलो पटक एक्लै बस्ने व्यक्तिहरूमाझ बढी लोकप्रिय छन्। घरभित्र सँगै बस्नेहरूसित भेट्ने र कुराकानी गर्ने थुप्रै अवसरहरू हुन्छन्, त्यसैले तपाईँ विचारशील हुनु आवश्यक छ। तर टोक्योमा नयाँ साथीहरू बनाउने यो राम्रो मौका हुनेछ।
मासिक भाडाको मापक रकम >>> मासिक 30,000-70,000 येन
प्रारम्भिक खर्च
सहरको मध्य भागमा बस्ने मिस्टर क-को उदाहरण | |
---|---|
घर भाडा | 55,000 येन |
साझा सेवा खर्च | 10,000येन |
डिपोजिट | 30,000येन |
कुल | 95,000येन |
भाडाको आवास |
अपार्टमेन्टहरू र फ्ल्याटहरू आदिमा कोठाहरू भाडामा लिने। |
---|
छुट्टै ट्वाइलेट, बाथरुम, भान्सा कोठा र बेडरुम समावेश भएको एउटा कोठालाई 1K मानिन्छ। कोठामा भान्सा कोठा ठूलो अनि भोजन कक्षसित जोडिएको छ भने 1DK भनिन्छ। त्यसका साथै छुट्टै बैठक कोठा छ भने 1LDK भनिन्छ। सामान्यतया भाडाका कोठाहरूमा सामानहरू हुँदैनन् तर त्यहाँ कहिलेकाहीँ खाना पकाउने स्टोभ, फ्रिज र एयर कन्डिस्नर हुन सक्छन्। सहरको केन्द्र र रेल स्टेसनबाट टाढा कोठाको भाडा सस्तो हुन्छ र कोठाहरू झन् ठूला वा माथिल्लो तलामा पर्यो भने झन् धेरै महँगा हुन्छन्।
मासिक भाडाको मापक रकम(1Kの場合) >>> 1ヶ月 50,000〜90,000येन
भाडा सम्झौता हस्ताक्षर गर्दा निम्न कुराहरू आवश्यक पर्छ
डिपोजिट |
1-3 महिनाको भाडा बराबर। डिपोजिट सुरक्षाको लागि राखिन्छ र तपाईँ त्यहाँबाट सर्दा मर्मत र सफाइको शुल्क घटाएर तपाईँलाई फिर्ता दिइन्छ। |
---|---|
की मनी |
0-2 महिनाको भाडा बराबर। यो पैसा घर मालिकलाई धन्यवाद दिन तिरिन्छ। यो विशेष जापानी चलन हो। |
दलाली शुल्क |
0-1 महिनाको भाडा बराबर। घर जग्गा कम्पनीलाई तिरिने शुल्क। |
क्षतिपूर्ति बिमा रकम |
10,000-20,000 येन। आगलागी जस्तो प्रकोप हुँदाको क्षतिपूर्तिको लागि आबद्ध हुने बिमाको शुल्क। |
जमानी बस्ने ग्यारेन्टर |
कोठा भाडा तिर्न नसक्दा तपाईँको तर्फबाट भाडा तिरिदिने एकजना जिम्मेवार व्यक्ति। तपाईँको तर्फबाट जमानी बस्ने कोही छैन भने ग्यारेन्टी कम्पनीसित कोठा भाडा ग्यारेन्टी सम्झौता गर्नु पनि एउटा विकल्प हो। |
प्रारम्भिक खर्च
उपनगरमा बस्ने मिस्टर ख-को उदाहरण | |
---|---|
घर भाडा | 75,000येन |
साझा सेवा खर्च | 5,000येन |
डिपोजिट | 75,000येन |
की मनी | 75,000येन |
दलाली शुल्क | 75,000येन |
ग्यारेन्टर शुल्क | 60,000येन |
कुल | 365,000येन |

ताइवान,
・32 वर्ष, सेवा उद्योग
टोक्योमा पहिलो पटक आउँदा म एक वर्ष साझा घरमा बसेँ। म लोफ्ट भएको आफ्नै कोठामा भाडामा बस्न चाहन्थेँ। त्यसैले मैले इन्टरनेटमा घरजग्गा कम्पनी खोजेँ। एक जना अंग्रेजी भाषा बोल्न सक्ने कर्मचारी जापानी घरजग्गा कम्पनीमा कार्यरत थिए अनि अंग्रेजी भाषाको कागजात तयारी गरिएको थियो। त्यसैले मैले आवश्यक प्रक्रियाहरू सजिलै पूरा गरेर सम्झौता गर्न सकेँ। टोक्योमा आफ्नै कोठा पाउन सकेकोमा म एकदमै खुसी छु!
