

प्र. हरेक महिनाको खर्च टार्न
कति पैसा चाहिन्छ?
उ.टोक्योमा बसेर टोक्योमै काम गर्दा अरू सहरमा भन्दा खर्च अलि बढी हुन सक्छ। कर्मचारी क-को सन्दर्भमा भन्ने हो भने, तिनी टोक्योको मध्य भागमा बसे तापनि कोठा भाडा र खानेकुरामा कम खर्च गरेकोले एक महिना गुजारा चलाउनको लागि लगभग 1.3 लाख येन चाहिन्छ। कर्मचारी ख-को सन्दर्भमा भन्ने हो भने, तिनी एक्लै बस्छन् र प्रायः बाहिर खान्छन् भने एक महिना गुजारा चलाउनको लागि लगभग 1.8 लाख येन चाहिन्छ। तर कर्मचारी ग-को सन्दर्भमा भन्ने हो भने, तिनी कम्पनीको होस्टेलमा बस्छन् र सस्तोमा खान पाइने कर्मचारीको क्यान्टीनमा खान्छन् भने एक महिना गुजारा चलाउनको लागि लगभग 1.0 लाख येन चाहिन्छ।

मैले गर्ने खर्चमध्ये सबैभन्दा धेरै खर्च घर बहाल र खानामा हुन्छ।
पहिलो चोटि टोक्यो आउँदा मैले एउटा कोठा भाडामा लिएको थिएँ तर बहाल खर्च कम गर्न अहिले म मेरो एक जना साथीसित बस्छु।
खानेकुरामा हुने खर्चसम्बन्धी कुरा गर्ने हो भने बाहिर एक छाक बिहानको खाना खाँदा लगभग 500 देखि 800 येन खर्च हुन्छ भने बेलुकाको खाना बाहिर खाँदा लगभग 800 देखि 1500 येन खर्च हुन्छ। तर म बेलुकाको खानाको लागि आफ्नै देशको परिकार पकाउँछु अनि बिहानको खानाको लागि टिफिनमा हालेर लान्छु। यसो गर्दा खर्च जोगिन्छ।
केही चिजहरू टोक्योमा सस्ता छन्, जस्तै: औषधीहरू, विद्युतीय उपकरणहरू, क्यान्डी, चस्माहरू आदि। यहाँ सबै सामानहरू 100 येनमा पाइने पसल पनि छ। त्यो पसलमा दैनिक प्रयोगका सामानहरू निकै सस्तोमा किन्न पाइन्छन्। टोक्योमा विभिन्न प्रकारका सामानहरू पाइन्छन्। त्यसैले म सस्ता पसलहरू र सस्तो सामानहरू खोजेर किन्ने गर्छु।

मलाई अलि खुल्ला ठाउँमा बस्न मन लागेकोले म उपनगरमा एक्लै भाडामा बस्दै छु। यहाँबाट टोक्योको मध्य भागमा पुग्न 30 मिनेटभन्दा धेरै लाग्छ।
टोक्यो निकै ठूलो छ त्यसैले यातायात खर्च जस्तै रेल वा ट्याक्सी भाडा महँगो छ तर जापानी कम्पनीले कर्मचारीहरूको लागि काममा यात्रा गर्न 6 महिना प्रयोग गर्न सक्ने कम्युटर पास किनिदिन्छ। भन्नुको मतलब त्यो कम्युटर पास प्रयोग गरेर म जति बेला मन लाग्यो त्यति बेला टोक्योको मध्य भागमा जान सक्छु। यो साँच्चै मदतकारी छ।
म प्रायः छुट्टीको दिन निःशुल्क कार्यक्रमहरू वा पार्कहरू वा डाँडामा गएर रमाइलो गर्दै बिताउँछु। मेरा केही साथीहरूले आफ्नो देशमा परिवारलाई पैसा पठाउँछन्। धेरै किनमेल गर्नुहुन्न भने तपाईँ पैसा बचत गर्न सक्नुहुन्छ।

म टोक्यो सहरी इलाका नजिक भएको कम्पनीको होस्टेलमा बसेको छु। होस्टेल ठूलो छ र सुबिधासम्पन्न छ अनि आफ्नै कोठा पाएको छु, त्यसैले सुबिधाजनक तरिकामा बस्न पाएको छु। होस्टेलको कोठा भाडा औसतभन्दा आधा कम भएकोले खर्च कम भएको छ र मलाई सजिलो भएको छ।
खानाको सन्दर्भमा म आफैले खाना पकाउन त्यत्ति नआउने भएकोले बाहिर खान मन लाग्छ। तर मध्यहप्तामा कर्मचारीको क्यान्टीनमा खाने गर्दा खानाको खर्च त्यत्ति धेरै भएको छैन।
कम्पनीको मदत सदुपयोग गरेर हरेक महिना धेरै पैसा जोगाउन सकेको छु। जम्मा गरेको पैसाले लामो छुट्टी हुँदा जापान भित्र वा बाहिर यात्रा गर्न मन पर्छ
