

Q. जापानमा लगाउने लुगाबारे थप कुरा बताउन सक्नुहुन्छ?
A.जापानमा चार वटा ऋतु छन्—वसन्त, ग्रीष्म, शरद र हिउँद। यी चार ऋतुको लागि फरक-फरक लुगा तयारी गर्नुपर्छ किनभने गर्मी र जाडोबीचको तापक्रमको फरक 20℃ भन्दा धेरै हुन्छ।
-
- वसन्
मार्च–मे -
पातलो ओभरकोट वा कोट (ज्याकेट), लामो बाहुला भएको कमिज
वसन्त ऋतुमा प्रायजसो दिन बिहान र बेलुका चिसो हुन्छ।
मे महिनादेखि दिउँसोको तापक्रम 20℃ वा त्योभन्दा बढी हुन सक्छ।
- वसन्
-
- ग्रीष्म
जून–अगस्त -
पातलो कोट (ज्याकेट), लामो वा छोटो बाहुला भएको सर्ट वा कमिज
यो वर्षभरिकै सबैभन्दा गर्मी हुने मौसम हो। जून महिनादेखि जुलाईसम्म वर्षा हुन्छ। त्यो मौसममा लगातार पानी पर्छ र आर्द्रता पनि धेरै हुन्छ। यो मौसम सकिएपछिका धेरै दिनहरू गर्मी हुन्छन् र तापक्रम पनि 30℃ वा त्योभन्दा धेरै हुन्छ। शीतल बनाउन धेरै ऊर्जा खर्च गर्न नपरोस् भनेर कम्पनीहरूले सिफारिस गरिएको "कुल बिज" नीति अपनाउँछन्, जसमा कर्मचारीहरूलाई छोटो बाहुला भएको सर्ट वा कमिज लगाउन दिन्छन् र टाई पनि नलगाए हुन्छ।
- ग्रीष्म
-
- शरद
सेप्टेम्बर–नोभेम्बर -
पातलो ओभरकोट वा कोट (ज्याकेट), लामो बाहुला भएको कमिज
सेप्टेम्बरसम्म पनि गर्मी हुन्छ। अक्टोबरदेखि तापक्रम बिस्तारै घट्दै जान्छ। अनि बिहान र बेलुका अलि चिसो हुन सक्छ। तापक्रम घट्दै गए पनि आकाश प्रायः सफा हुन्छ।
- शरद
-
- हिउँद
डिसेम्बर–फेब्रुअरी -
बाक्लो ओभरकोट वा कोट (ज्याकेट), लामो बाहुला भएको कमिज
डिसेम्बरदेखि फेब्रुअरीसम्म धेरैजसो दिनहरूमा जाडो हुन्छ। कहिलेकाहीँ त टोक्योमा पनि हिउँ पर्छ। केही कम्पनीहरूले हीटरमा प्रयोग गर्ने बिजुली वा ग्यासको खपत कम गर्नको लागि न्यानो लुगा लगाउने "वर्म बिज" प्रोत्साहन दिँदै छन्।
- हिउँद

हामीले टोक्योमा काम गर्ने 100 जना
गैर-जापानी मानिसहरूलाई सोध्यौँ
टोक्योमा तपाईँलाई मन पर्ने ऋतु कुन हो?
वसन् |
ग्रीष्म |
शरद |
हिउँद |
- ●साकुरा फूल धेरै सुन्दर छ अनि नजिकको पार्क
वा
खोलाको किनारामा साथी वा परिवारसँगै फूल हेर्न मलाई मन पर्छ। - ●वसन्त ऋतुमा धेरै पिक्निक जाने मौका हुन्छ अनि फूलहरू पनि धेरै राम्रा हुन्छन्.
- ●टोक्योमा नयाँ वर्षमा एकैचोटि चारैतिर चेरी फूल फुलेको देख्दा मलाई स्फूर्ति मिल्छ। सबै कुराको सुरुवात वसन्त ऋतु हो जस्तो लाग्छ।
- ●दिन लामो हुन्छ जसले
गर्दा काम गर्न सजिलो हुन्छ। - ●यो मौसम घरबाहिर जाने एकदम उपयुक्त मौसम हो। गर्मी बिदाको बेला घुम्न जान सकिन्छ।
- ●विभिन्न ठाउँमा आयोजना गरिने फायर वर्क्स वा बोनओदोरि आदि चाड, समुद्रमा खेल्न जाने आदि विभिन्न तरिकामा छुट्टी मनाउन सकिन्छ।
- ●शरद ऋतुमा मौसम एकदम ठीक
हुन्छ—धेरै गर्मी पनि हुँदैन, धेरै
जाडो पनि हुँदैन। शरद ऋतुमा पातहरू
एकदम सुन्दर र मनोरम हुन्छन्। - ●परम्परागत चाड लगायत गुल्मेट फेस्टिभल वा फलफूल टिपेर
खाँदा पनि विभिन्न स्वाद चाख्न पाउँछौँ। - ●विभिन्न गतिविधिको लागि मौसम एकदम उपयुक्त हुन्छ—सबै जना स्वस्थ र जोसिला देखिन्छन्।
- ●वर्षभरि तातो हुने मेरो देशको तुलनामा जापानमा चार ऋतु स्पष्ट देखिने भएकोले आफ्नो देशमा लगाउन नसकिने जाडोको फेसन लुगाको आनन्द उठाउन सकिन्छ।
- ●आफ्नो देशमा देख्न नसकिने हिउँको दृश्य देखिन्छ।
विभिन्न ठाउँको स्की खेल्ने ठाउँ र तातोपानीको मुहान पनि सजिलोसँग पुग्न सकिने भएकोले धेरै राम्रो छ।
