Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

FAQ Frequently Asked Questions Working & Living

WORKING
SKILLS सीप

प्र. कस्ता सीप र
क्षमताहरूको माग हुन्छ?

उ.रोजगारदाता कम्पनीहरूलाई "डाइभरसिटी ह्युमन रिसोर्स वा विदेशी स्थायी कर्मचारी भर्ना गर्ने कारण" बारे सोध्दा "नयाँ दृष्टिकोण अपनाउँदा हुने इनोभेसन"(56.0%) सबैभन्दा धेरै छ।※ विदेशमा समेत विस्तार हुने कम्पनीहरू बढिरहेको अवस्थामा उन्नत प्राविधिक सीप र क्षमता अनि वैदेशिक कारोबार सम्हाल्ने विशेष ज्ञान मात्र नभइकन बिजिनेसलाई उन्नती गराउनको लागि नयाँ आइडिया दिन सक्ने व्यक्ति चाहिएको छ भन्न मिल्छ। तर खास अनुभव नभए पनि ब्याचलर्स डिग्री वा सोभन्दा माथिको शैक्षिक योग्यता वा अन्य केही सर्त पूरा गरेमा उक्त व्यक्ति सम्बन्धित पदको लागि कत्तिको उपयुक्त र इच्छुक छ त्यसको आधारमा स्विकारिन सक्छ (पोटेन्सल रिक्रुटिङ)। अनि हिजो आज उन्नत प्राविधिक सीप भएको वा विशिष्ट क्षेत्रमा विशेष ज्ञान हासिल गरेको व्यक्तिबाट जापानी भाषाको क्षमता माग नगर्ने कम्पनीहरू पनि देखिन थालेको छ।

※आत्मनिर्भर प्रशासनिक एजेन्सी, श्रमसम्बन्धी नीति अनुसन्धान तथा तालिम संस्था "ग्लोबल ह्युमन रिसोर्सको भर्ना र तालिम - जापानी कम्पनीको ग्लोबल नीति सम्बन्धी अध्ययन(3)", मार्च 2022 मा आधारित

आशा गरिने आचरण क्षमताका उदाहरणहरू

समूहमा मिलेर काम गर्ने क्षमता

आफ्नो भूमिका बुझ्दै समूहसित मिलेर काम गरी नतिजा निकाल्न सक्ने क्षमता

सम्बन्ध विकास गर्ने क्षमता

अरूसित राम्रो सम्बन्ध विकास गर्न आफै अग्रसर भएर वरपरका मानिसहरूलाई प्रोत्साहन दिन सक्ने क्षमता

लक्ष्य हासिल गर्ने क्षमता

लक्ष्य र गन्तव्य बुझी, त्यो हासिल गर्न आफैले सोचेर कदम चाल्न सक्ने क्षमता

लचकता

अरू मानिसहरूको विचारधारा र नौलो किसिमको सोचाइको आदर गर्दै ती स्विकार्न सक्ने क्षमता

समस्या समाधान गर्ने क्षमता

समस्याहरू र चुनौतीहरूबारे आफै सजग हुने अनि उचित योजना बनाएर ती समाधान गर्न सक्ने क्षमता

नेतृत्व

लक्ष्य हासिल गर्न आफू वरपर भएकाहरूको जोस र जाँगर बढाएर संलग्न गराउने क्षमता

आशा गरिने सीपका उदाहरणहरू

विशिष्ट ज्ञान
  • उन्नत प्राविधिक सीप र क्षमताहरूको पूरापूर सदुपयोग गर्न सक्ने विशिष्ट व्यक्ति
    (अनुसन्धानकर्ता, इन्जिनियर आदि)
  • वैदेशिक कारोबार सम्हाल्न सक्ने विशिष्ट व्यक्ति
    (अन्तर्राष्ट्रिय सेल्स आदि)
भाषा क्षमता
जापानी भाषा दक्षता
  • रिपोर्टजस्ता कागजातहरू तयार पार्न सक्नेसम्मको क्षमता
  • व्यवसायसम्बन्धी कामकुराहरू सम्हाल्न सक्नेसम्मको क्षमता
अङ्ग्रेजी भाषा क्षमता
  • दैनिक जीवनको सरल कुराकानी गर्न सक्नेसम्मको क्षमता

म्यानुफ्याक्चर्र, ओभरसिज विभाग

हामीले विदेशी कामदारहरूलाई रोजगार दिनुको प्रमुख कारण भनेको उत्कृष्ट मानव संसाधनलाई भर्ती गर्न चाहेकोले नै हो। हामीले चाहे तिनीहरू जापानी होऊन् या विदेशी, जुनसुकै देशका भए पनि उत्कृष्ट मानव संसाधनलाई स्वागत गर्छौँ। कुराकानीद्वारा राम्रोसँग विचार आदानप्रदान गर्न सक्ने वातावरण मिलाइयो, विदेशी कर्मचारी भए पनि यस कम्पनीमा प्रवेश गरेपछि जापानी कर्मचारीको जस्तै काम गर्ने दक्षता तिनीहरूसित हुन्छन् भन्ने हामीलाई लागेको छ। उत्कृष्ट क्षमता भएका विदेशी कर्मचारीहरूसित काम गर्न पाउँदा जापानी कर्मचारीहरूले पनि निकै प्रोत्साहन पाउँछन् अनि त्यसले गर्दा पूरै सङ्गठन नै जोसले भरिन्छ। विदेशमा अवस्थित कार्यालयहरूलाई बिना अवरोध संचालन गर्न हाम्रा विदेशी कर्मचारीहरूले "कडी"-को भूमिका निर्वाह गर्न सक्छन् भनेर पनि हामी आशा गर्छौँ।

IT सम्बन्धी, मानवीय संशाधन म्यानेजर

हामीले विश्वविद्यालयमा मेजर सब्जेक्ट साइन्स लिएर नपढेको व्यक्ति भए पनि SPI परीक्षणमा पोटेन्सियल छ भन्ने निर्णय भएमा IT इन्जिनियरको रूपमा भर्ना गर्छौं (तर विश्वविद्यालय स्नातक तह उत्तीर्ण गरेकाहरू मात्र)। कम्पनीमा प्रवेश गरेपछि राम्रोसँग स्किल ट्रेनिङ दिइन्छ अनि योग्यता प्राप्त गर्न सपोर्ट सिस्टम भएकोले अनुभव नभए पनि उन्नति गरेर राम्रो नतिजा हासिल गरिरहेकाहरू धेरै छन्।

OUR VOICE

  • ABOUT TOKYO

  • SKILLS

  • SALARY

  • LIVING COST

  • UNEXPEXTED EXPERIENCE IN WORK

  • BUSINESS ATTIRE

  • CAREER FIELDS

  • OPENING SAMPLE

  • EMPLOYMENT CONTRACTS

  • SOCIAL WELFARE

LIVING
  • ONE DAY IN TOKYO

  • JAPANESE

  • COMMUTING

  • TEMPERATURE AND CLIMATE

  • HOUSING

  • MOBILE PHONE INTERNET

  • MEDICAL

  • BANK

  • TOURISM

  • EMERGENCY

BACK TO INDEX