Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

FAQ Frequently Asked Questions Working & Living

WORKING
ABOUT TOKYO टोक्योको बारेमा

प्र. टोक्यो कस्तो ठाउँ हो?

उ.टोक्यो जापानको राजधानी हो अनि राजनीति, अर्थतन्त्र र संस्कृतिको राष्ट्रिय केन्द्र हो। टोक्योको कुल महानगरीय उत्पादन (GMP) निकै ठूलो र उल्लेखनीय छ, जुन केही साना देशहरूको कुल ग्राहस्थ उत्पादन (GDP) को बराबर हुन्छ। जापानभित्रको मुख्य सहरहरूको तुलनामा टोक्योको तलब धेरै छ अनि जापानभरिको औसतसँग तुलना गर्दा लगभग 1.2 गुणा बढी छ।
विदेशमा व्यवसाय विस्तार गर्ने जापानी कम्पनीका धेरै मुख्यालयहरू अनि थुप्रै विदेशी कम्पनीहरू पनि यहाँ छन् साथै विश्वविद्यालय र अध्ययन संस्था पनि यहाँ केन्द्रित भएका छन्। त्यसैले थुप्रै विदेशी कामदारहरू यस सहरमा सक्रिय भूमिका खेल्दै छन्। अनि जीवन बिताउने सहरको रूपमा उच्च नाम कमाएको छ। विशेषगरि चिकित्सा, स्वस्थ वातावरण र इन्फ्रास्ट्रक्चर आदिको सुरक्षा संसारमा पनि टप क्लासमा छ। आजकल काम गर्ने तरिका रिफोर्मको एक भागको रूपमा "लाइफ वर्क ब्यालेन्स" अगाडि बढाउनमा शक्ति लगाउँदै काम मात्र नभई व्यक्तिविशेषको जीवनलाई महत्त्व दिने प्रणाली तयार हुँदै छ।

कुल ग्राहस्थ उत्पादनको विश्व श्रेणी

कुल ग्राहस्थ उत्पादनको विश्व श्रेणी

कुल ग्राहस्थ उत्पादनको विश्व श्रेणी(SP)

देशभित्रको सहरअनुसारको तलब श्रेणी

देशभित्रको सहरअनुसारको तलब श्रेणी

देशभित्रको सहरअनुसारको तलब श्रेणी(SP)

जापानको केन्द्र
टोक्यो

कम्पनी र व्यवसाय केन्द्रको सङ्ख्या करिब 6.3 लाख(सन् 2012)(SP)

कम्पनी र व्यवसाय केन्द्रको सङ्ख्या करिब 6.3 लाख(सन् 2012)

थुप्रै संस्थाका मुख्यालयहरू
यहाँ छन्।

सबै जापानी कम्पनीहरूमध्ये लगभग आधाको मुख्यालय टोक्योमा छ। अनि यस सहरमा संसारभरि नाम चलेका अग्रणी कम्पनी र जवान व्यक्तिहरूले स्थापना गरेका भेन्चर कम्पनी आदि थुप्रै किसिमका कम्पनीहरू अवस्थित छन्। टोक्योका लगभग 99% कम्पनीहरू कर्मचारीको सङ्ख्या 300 वा सो भन्दा कम भएका साना वा मझौला कम्पनीहरू हुन्। यस्ता साना तथा मझौला कम्पनीहरू विशाल सहर टोक्योको आर्थिक वृद्धिमा निकै ठूलो भूमिका खेल्छन् किनभने यस्ता कम्पनीहरूले नयाँ व्यवसाय र प्रविधिहरू बजारमा निकाल्न गहन भूमिका खेल्छन्।

टोक्योमा काम गरिरहेका मानिसहरूको सङ्ख्या करिब 73.1 लाख जना(2014年)(SP)

टोक्योमा संसारभरिबाट विभिन्न मानिसहरू जम्मा हुन्छन्।

जापानमा बस्ने लगभग 3,000,000 जना विदेशीहरूमध्ये 20% जति लगभग 600,000 जना विभिन्न राष्ट्रियता र संस्कृतिका विदेशीहरू यहाँ बस्छन्। त्यो सङ्ख्या गत 10 वर्षमा 150% जति वृद्धि हुँदै छ। अबदेखि पनि ग्लोबलाइज अगाडि बढ्ने अवस्थामा टोक्योलाई अन्तरराष्ट्रिय सहर बनाउन योगदान दिनुहुने विदेशीहरूप्रतिको हाम्रो आशा झन् झन् बढ्दै छ।
2023 आर्थिक वर्ष

टोक्योमा काम गरिरहेका मानिसहरूको सङ्ख्या करिब 73.1 लाख जना(2014年)
शैक्षिक संस्था र अनुसन्धानतथा विकास संस्थाको सङ्ख्या करिब 985 संस्था(2012年)

शैक्षिक संस्था र अनुसन्धानतथा विकास संस्थाको सङ्ख्या करिब 985 संस्था(2012年)(SP)

अनुसन्धान र विकासको जग

टोक्योमा जापानी राष्ट्रिय सरकार वा स्थानीय तहको सरकारले सञ्चालन गर्ने अनुसन्धान संस्थाहरू र विश्वविद्यालयहरू थुप्रै छन् अनि ती संस्थाहरूमा अत्याधुनिक प्रविधि र अत्याधुनिक क्षेत्रको अध्ययन-विकास र अनुसन्धान गरिएको छ। साथै ती सरकारी संस्थाहरूले कम्पनीहरूसितको संयुक्त अनुसन्धान र राष्ट्रिय सरकारद्वारा समर्थन गरिएका थुप्रै परियोजनाहरू पनि कार्यान्वयन गरेका छन् जापानको व्यवसाय विकासको लागि टोक्योले खेल्ने भूमिका निकै उल्लेखनीय छ।

World City Comprehensive Strength No.1 in Asia

अन्तरराष्ट्रिय प्रतिस्पर्धा गर्ने क्षमता भएको अन्तरराष्ट्रिय सहर

संसारको मुख्य 48 सहरलाई अर्थतन्त्र, अध्ययन/विकास, संस्कृति/एक्सचेन्ज, बसोबास/वातावरण, यातायात, एक्सेसका 6 बुंदामा मूल्यांकन गर्ने "ग्लोबल पावर सिटी इन्डेक्स" मा टोक्यो लामो समयदेखि टप क्लासमा रहँदै आएको छ। विशेषगरि अध्ययन/विकास, अर्थतन्त्र, संस्कृति/एक्सचेन्जको क्षेत्रमा उच्च मूल्यांकन गरिएको छ अनि एसियाको No1 सहरको रूपमा विकास भइरहेको छ।
"पावर सिटी इन्डेक्स 2023」(मोरि मेमोरियल फाउन्डेशन अर्बन स्ट्राटाजिज इन्स्टिच्युट)

World City Comprehensive Strength No.1 in Asia
In Healthcare, Health Environment and Infrastructure World Class

In Healthcare, Health Environment and Infrastructure World Class

ढुक्क भई सुरक्षित जीवन बिताउन सक्ने आकर्षक सहर टोक्यो

The Economist ले घोषणा गर्ने संसारको सुरक्षित सहर इन्डेक्स "Safe Cities Index" 2021 साल भर्जनमा टोक्यो 5 औँ स्थानमा पर्न सफल भएको थियो। मूल्यांकन गर्ने बुंदामध्ये चिकित्सा/स्वस्थ वातावरणको सुरक्षा संसारमा पहिलो स्थान, इन्फ्रास्ट्रक्चरको सुरक्षा संसारको 5 औँ स्थानमा छ, ढुक्क भई सुरक्षितसाथ जीवन बिताउन सक्ने सहरको रूपमा मूल्यांकन गरिएको छ।
「Safe Cities Index 2021」(The economist)

स्रोत: टोक्योमा उद्योग तथा रोजगार -ग्राफिक अवलोकन 2015

OUR VOICE

  • ABOUT TOKYO

  • SKILLS

  • SALARY

  • LIVING COST

  • UNEXPEXTED EXPERIENCE IN WORK

  • BUSINESS ATTIRE

  • CAREER FIELDS

  • OPENING SAMPLE

  • EMPLOYMENT CONTRACTS

  • SOCIAL WELFARE

LIVING
  • ONE DAY IN TOKYO

  • JAPANESE

  • COMMUTING

  • TEMPERATURE AND CLIMATE

  • HOUSING

  • MOBILE PHONE INTERNET

  • MEDICAL

  • BANK

  • TOURISM

  • EMERGENCY

BACK TO INDEX