

Q. कस्ता किसिमका कामहरू उपलब्ध छन्?
A.विदेशी कामदारहरूले विभिन्न प्रकारका कामहरू गर्छन्। यी कामहरू कार्य विवरणअनुसार कामको प्रकारमा वर्गीकरण गरिएका हुन्छन्। कामदारको क्षमताअनुसार कुनै-कुनै अवस्थामा एउटा कामदारले एउटाभन्दा धेरै काम गर्छन्। उदाहरणको लागि, अन्तर्राष्ट्रिय सेल्स गर्ने कामदारले मार्केटिङको काम पनि गर्न सक्छ। यसको ठीक विपरीत, कुनै-कुनै अवस्थामा धेरै कामदारहरू मिलेर एउटै काम गर्नुपर्ने पनि हुन सक्छ। विशेषगरि, गाह्रो काम गर्ने वा काममा असाध्यै खटिनुपर्ने बेलामा प्रत्येक कामदारले सम्हाल्ने कामको विवरण वा जिम्मेवारी लचकदार ढङ्गमा परिवर्तन गर्दै पूरै टिम मिलेर उक्त काम गर्नुपर्ने हुन्छ। कामको कुनै पदमा निवेदन दिँदा कामको वर्ग वा नाम हेरेर के काम हो भनी पहिल्यै अड्कल नकाट्नुहोस्। बरु कामको विवरणलाई राम्ररी केलाएर निश्चित हुनु महत्त्वपूर्ण छ।
अन्तर्राष्ट्रिय सेल्समा मेरो काम कम्पनीको व्यवसायलाई इन्डोनेसियालगायतका विदेशहरूमा विस्तार गर्नु र नयाँ बजार विकास गर्नु हो। म इन्डोनेसियाली ग्राहकहरूको लागि नयाँ उत्पादनहरूको परिचय दिन्छु र परीक्षण कक्षको प्रयोग गर्दै प्राविधिक परामर्श लिने गर्छु। यस कम्पनीमा सामेल हुनुअघि ...
मैले काम गर्ने ठाउँको फाइदा बढाउनको लागि मेरो काम भनेको यन्त्र बनाउनु हो। म कम्पनीको प्रेसिडेन्टबाट सीधै निर्देशनहरू पाउँछु। अनि म विभिन्न किसिमका कामहरूमा संलग्न छु। जस्तै, जापानी र वैदेशिक बिक्रीसम्बन्धी अनुसन्धान, नयाँ व्यवसायको थालनी, एम र ए को लागि सहयोग र अन्य कामहरू। केही दिनअघि मात्र हालैको मार्केटिङ...
मेरो काम भनेको, डिजाइनलाई आइडिया लगाएर आकृतिमा परिवर्तन गर्दै लानु हो। म पेय पदार्थ अनि कस्मेटिक जस्ता सामानहरूको ग्राफिक प्याकेज डिजाइनमा काम गर्दैछु। यदी कस्मेटिक उत्पादन हो भने कस्तो आकारको भाँडोमा त्यो राख्दा र कस्तो डिजाइन बनाउँदा ब्रान्डले दिन खोजेको सन्देश सबैभन्दा उपयुक्त तरिकामा ग्राहकहरूसम्म पुऱ्याउन सकिन्छ भन्नेबारे म कल्पना गर्ने कोसिस गर्छु। कुनै पनि व्यक्तिले एकै नजरमा मन पराएर हातमा लिएर हेरूँ जस्तो लाग्ने खालको डिजाइन बनाउन हरपल गम्भीर भएर सोच्ने गर्दछु। धेरै प्रयोग गरिने सफ्टवेयर फोटोशप या ...
म घरजग्गा एजेन्सी कम्पनीमा घरजग्गा किनबेच गर्छु। म फोनमार्फत सोधिने प्रश्नहरूको जवाफ दिन्छु, घरजग्गा हेर्न जानको लागि उचित प्रबन्ध मिलाउँछु, किन्ने व्यक्तिहरूलाई पुग्नुपर्ने ठाउँसम्म पुग्न मदत गर्छु अनि चिनियाँ भाषाबाट अङ्ग्रेजी भाषामा दोभासे गर्ने काम पनि गर्छु। टोक्योमा हाल अन्तर्राष्ट्रिय माग बढेको हुनाले विदेशी ग्राहकहरू बढ्दै छन्। अस्ति चाहिँ ...
हाल म कर्पोरेट र उद्योग विश्लेषणको अनलाइन सूचना प्राविधिक प्लेटफर्मको सेवा सुधार गर्ने काममा संलग्न छु। सिङ्गापुर, हङकङ जस्ता अन्तरराष्ट्रिय सेवाग्राहीहरूको प्रतिक्रियाहरूबाट उहाँहरूलाई परेको समस्याहरू र त्यसका समाधानहरू प्राविधिक टोलीलाई बुझाउने गरेको छु। सेवाग्राहीहरूलाई थप प्रभावकारी सेवा उपलब्ध गराउन, सेवाग्राहीहरूको आवश्यकताको विस्तृत जानकारी लिई........
प्रोग्रामर भएर प्रमुख संचार कम्पनीको परियोजनामा सहभागी भएँ। शुल्क विकास प्रणालीको विकासमा संलग्न हुँदै म अत्याधुनिक IT विषयमा दिनहुँ लागिरहेको छु। डिजाइन कागजातदेखि कोडिंग, परीक्षण र रिलीजसम्मको व्यापक रुपमा विकासको प्रक्रियामा संलग्न हुन पाइराखेको छु। सजिलो त छैन तर सन्तुष्टपूर्वक हरेक दिन बिताउन पाइरहेको छु। 20 जना जतिको परियोजना सदस्यहरू मिलेर परियोजनालाई अगाडि लादैछौँ......
