

Q. कामदारको लागि सामाजिक बिमा र कर भुक्तानीबारे थप कुरा बताउन सक्नुहुन्छ?
A.यदि तपाईँ जापानमा एक वर्ष वा सोभन्दा धेरै समय बस्नुहुन्छ र तपाईँको कमाइ पनि छ भने तपाईँले अरू जापानीहरूले जस्तै कर तिर्नुपर्छ। कामको सन्दर्भमा आउने कर आयकर (राष्ट्रिय सरकारलाई तिरिने) वा बसोबास कर (टोक्यो महानगरपालिका तथा स्थानीय नगरपालिका, वडा, सहर वा गाउँलाई तिरिने) हुनेछ। जापानी सामाजिक कल्याण प्रणालीमा, कम्पनीमा काम गर्ने मानिसहरूको श्रम बिमा र चिकित्सा बिमा हुन्छ अनि कम्पनीले कर्मचारीहरूको लागि बिमामा आबद्ध हुने प्रक्रिया मिलाइदिन्छ र रोजगारदातामार्फत कर्मचारीको तलबबाट रकम स्वतः काटिन्छ। श्रम बिमामा 1 वर्षभन्दा बढी आबद्ध भएमा कम्पनी छोडेपछि पनि तोकिएको समयावधिसम्म बेरोजगार भत्ता पाइन्छ। रोजगार तालिम प्रणालीको सदुपयोग गर्दै खर्च नगरी नयाँ योग्यता वा सीप हासिल गर्न सकिन्छ। स्वास्थ्य बिमा वा पेन्सन बिमामा सामेल भएको छ भने बिरामी हुँदा वा चोटपटक लाग्दा, बृद्ध वा असक्त हुँदा पनि व्यहोर्नुपर्ने खर्च कम हुन्छ।
श्रम बिमा
- 1 श्रमिक दुर्घटना क्षतिपूर्ति बिमा
- काम गर्ने बेला वा काममा जाँदा/कामबाट फर्कँदा चोटपटक लागेमा वा बिरामी परेमा यो बिमाबाट बिमा रकम भुक्तान गरिन्छ। रोजगारदाताले यस बिमाको सम्पूर्ण खर्च बेहोर्छ।
- 2 रोजगारी बिमा
- रोजगार गुमाउनेहरूलाई यो बिमाबाट बिमा रकम भुक्तानी गरिन्छ। यो काम गर्नेहरूको दैनिक जीवनमा कुनै समस्या नआओस् भनेर तिनीहरूलाई अर्को जागिर खोज्दा मदत गर्ने बिमा हो।
स्वास्थ्य सेवा तथा पेन्सन
- 1 स्वास्थ्य बिमा
- यो बिमामा आबद्ध भएकाहरूले बिरामी वा चोटपटकको उपचार गर्दा लागेको कुल खर्चको 30% मात्र तिर्नुपर्नेछ र बाँकी रकम बिमाले तिरिदिन्छ। मृत्यु हुँदा वा बच्चा जन्मँदा पनि भुक्तानी पाउनुहुन्छ।
- 2 नागरिक पेन्सन तथा कर्मचारी पेन्सन बिमा
- यो बिमा कामदार वृद्धावस्थामा पुगेपछि वा कुनै प्रकारको अशक्तता वा मृत्यु भएपछि भुक्तान गरिन्छ। विदेशी कामदारहरूको हकमा तिनीहरूले बिमामा आबद्ध भएको अवधि अनुसार निकासी एकमुस्ट भुक्तानी रकम※ प्राप्त गर्न सक्छन्। ※एकमुस्ट निकासी भुक्तानी रकम: 6 महिना वा सोभन्दा धेरै समय पेन्सन योजनामा आबद्ध भएका विदेशीलाई अनुरोधमा दिइने रकम, जुन तिनीहरू आफ्नो देश फर्केको 2 वर्षभित्रसम्म भुक्तानी गर्न सकिन्छ।
※एकमुस्ट निकासी भुक्तानी रकम: 6 महिना वा सोभन्दा धेरै समय पेन्सन योजनामा आबद्ध भएका विदेशीलाई अनुरोधमा दिइने रकम, जुन तिनीहरू आफ्नो देश फर्केको 2 वर्षभित्रसम्म भुक्तानी गर्न सकिन्छ।
तलबसम्बन्धी कर
- 1 आयकर
- कुनै पनि वर्षको जनवरीदेखि डिसेम्बरसम्ममा कमाएको सबै आम्दानीमा आयकर लगाइन्छ। अनुमानित आयकर भुक्तानी तपाईँको मासिक तलबबाट स्वतः काटिन्छ र डिसेम्बरमा सही कर रकमसित समायोजित (वर्षको अन्त समायोजन) गरिन्छ।
- 2 निवासी कर
- निवासीको रूपमा दर्ता भएको स्थानीय सहर वा गाउँद्वारा हरेक वर्ष जनवरी 1 मा यो कर लगाइन्छ। अघिल्लो वर्षको आय रकमका साथै परिवार छ कि छैन आदिको आधारमा कर शुल्क परिवर्तन हुन्छ।
स्रोत: अन्तर्राष्ट्रिय सम्बन्धका लागि स्थानीय तह परिषद्
बहुभाषी जीवन जानकारी: कर
अमेरिका/ताइवान
40 वर्ष कटेको इन्जिनियर
म आफ्नो कम्पनीको स्वास्थ्य बिमा सङ्घमा आबद्ध भएकोले बिरामी हुँदा वा चोटपटक लाग्दा अस्पतालमा आफ्नो बिमा कार्ड देखाएँ भने कुल खर्चको 30% मात्र तिर्नुपर्ने हुन्छ। जब मैले जापानमा बच्चा जन्माएँ, तब प्रसूति एकमुस्ट रकमको रूपमा लगभग 4 लाख येन प्राप्त गर्न सकेकोले मेरो अस्पतालको खर्च लगभग हुँदै भएन।
इन्डोनेसिया
40 वर्षमाथि, अफिस वर्क
अफिस वर्क गर्दै थिएँ तर Web डिजाइनर बन्नको लागि कम्पनी छोडिदिएँ। श्रम बिमामा सामेल भएकोले काम छोडेपछि पनि बेरोजगार भत्ता पाउन सकेँ। बेरोजगारको समयावधिमा निशुल्कमा रोजगार तालिमको स्कुलमा गएर सीप हासिल गर्दै ढुक्क भई रोजगार पाउने गतिबिधिमा ध्यान दिन सकेँ।
