

प्र. फरक-फरक संस्कृतिका मानिसहरूसित काम गर्दाको अनौठो अनुभवबारे पनि केही सुन्न चाहन्छु।
उ.आफ्नो देश छोडेर टोक्योमा काम गर्न आएकासहरूले भोगेको कुराहरू सधैँ सोचेको जस्तो नहुन सक्छ अनि सुखद मात्र नहुन पनि सक्छ। नयाँ चलन वा भाषाको समस्याको कारण केही काममा असफल भएका छन् अनि अरू केहीले भने जापानमा भएको व्यवसाय गर्ने संस्कृतिबारे नयाँ कुराहरू थाह पाएका छन्।
थुप्रै इमेलहरू हुन्छन्। CCमा थुप्रै प्रापकहरू राख्ने र मेरै छेउका मानिसहरूले सरल रिपोर्टहरू मलाई इमेलमा पठाउने गरिँदा सुरुसुरुमा म निकै चकित भएँ। किन त्यसो गरेको होला जस्तो लाग्थ्यो तर पछि आफ्नो कामको अवस्थाबारे एकअर्कालाई रिपोर्ट पठाउँदा एकअर्काको काम सिद्ध्याउन मदत मिल्दो रहेछ भनेर मैले महसुस गरेँ। कामको संस्कृति यत्तिको फरक भएको देखेर मलाई निकै अचम्म लाग्यो।
मलेसिया, 29वर्ष
सेवा
सेवा
कार्यस्थलमा व्यक्तिविशेषको रूपमा मात्र नभई टीमको रूपमा उच्च नतिजा हासिल गर्न माग गरिन्छ। सुरुमा मेरो कामभन्दा बाहिरको काममा मदत गर्नु परेकोमा अलमलिएको थिएँ तर टीमभन्दा बाहिरको सहकर्मी र सिनियरबाट मदत पाउँदा त्यसको महत्त्व बुझ्न सकेँ अनि "टीम प्ले" मनमा राखेर सहकर्मीहरूसँग भरोसा गर्न सक्ने सम्बन्ध विकास गर्दै छु।
इन्डोनेसिया, 32वर्ष
IT
IT
मिटिङहरूमा प्रायः छलफल गरिँदैन बरु रिपोर्ट गरिन्छ। त्यति धेरै समय जानकारी बाँड्न मात्र खर्च गर्नु त्यति उपयुक्त छैन जस्तो मलाई लाग्थ्यो। तर त्यसले गर्दा मैले अरूको अनुभवहरू सुन्ने अनि परिस्थिति बुझ्ने मौका पाएको छु अनि मिटिङहरूमा पनि मैले केही सिक्न सकिरहेको छु।
ताइवान, 26वर्ष
सेवा
सेवा
जापान आउनु अघि जापानी भाषा पढ्दा सधैं उचित तरिकामा शिष्टाचार देखाउनुपर्छ भन्ने कुरामा मलाई चिन्ता लागेको थियो तर कर्मचारीहरू मैले गल्ती गरेपनि दयालु भई सिकाइदिनुहुन्छ अनि अर्थ बुझेको छ भने गाली गर्नुहुन्न भन्ने कुरा मलाई थाह भयो।
भियतनाम, 32वर्ष
ट्रेडिङ कम्पनी
ट्रेडिङ कम्पनी
टोक्योमा सधैं ढिलो समयसम्म काम गर्नुपर्छ भनेर सोचेको थिएँ तर हिजोआज वर्क लाइफ ब्यालेन्सको विचार फैलिँदै छ भनेर महसुस गर्छु। म पनि डेडलाइनको दिनबाहेक प्राय: ओभरटाइम नगर्ने भएकोले हप्ताको बीचको बेलुका पनि प्राइभेट समयको पूरै आनन्द उठाउँदै छु।
अमेरिका, 36वर्ष
IT
IT
