

Q. टोक्योमा कसरी पर्यटन गर्ने भन्नेबारे थप कुरा बताउन सक्नुहुन्छ?
A.उ. टोक्योमा रमाइलो गर्ने धेरै तरिकाहरू छन्; यहाँ शितामाचि इलाका छ, जहाँ परम्परागत संस्कृति अनुभव गर्न सकिन्छ, सहरी इलाका छ, जहाँ अत्याधुनिक प्रवृत्ति महसुस गर्न सकिन्छ र उत्तम प्रकृतिको दृश्यहरूजस्तै सुन्दर डाँडा र खोलानाला देख्न सक्नुहुन्छ।

हामीले टोक्योमा काम गर्ने 100 जना
गैर-जापानी मानिसहरूलाई सोध्यौँ
टोक्योमा तपाईँलाई सबैभन्दा धेरै
मन पर्ने ठाउँ कुन हो?

ओसिआगेमा स्काइ ट्री छ अनि फोटोमा एकदम राम्रो देखिने तरिकामा बनाइएको छ। त्यहाँ टोक्योको लोकप्रिय आइटमको शप पनि भएकोले मलाई मन पर्छ।
मलेसिया, 25वर्ष
सर्भिस
सर्भिस
मलाई आसाकुसा मन पर्छ। टोक्योको सबैभन्दा "जापानी" ठाउँ यही हो जस्तो मलाई लाग्छ।
ब्राजिल, 38वर्ष
कारिन्दा तथा व्यवस्थाप
कारिन्दा तथा व्यवस्थाप
ऱ्योगोकु किनभने मलाई सुमो मन पर्छ। कोकुगिकान भनिने राष्ट्रिय सुमो रङ्गशाला ऱ्योगोकुमा छ अनि त्यहाँ सुमो संस्थाहरू र चान्को नाबे स्टोर (चान्को नाबे भनेको एक किसिमको सुरुवा हो, जुन मौलिक सुमो खाना हो) छन्।
जर्मनी, 31वर्ष
कारिन्दा तथा व्यवस्थाप
कारिन्दा तथा व्यवस्थाप

मलाई ओकु-सिबुया इलाका, योयोगी-उहेरा स्टेसनदेखि योयोगी-हाचिमान स्टेसन भएर तोमिगायासम्मको इलाका मन पर्छ। म हप्ताको अन्तको दिनमा टोक्योमै आरामदायी समय बिताउँछु।
हङकङ, 32वर्ष
सृजनशील
सृजनशील
सिबुयामा सधैँ भीडभाड र रमाइलो हुन्छ। मलाई आकिहाबारा पनि मन पर्छ किनभने त्यहाँ म विभिन्न किसिमका सामानहरू किन्न सक्छु।
भियतनाम, 25वर्ष
IT
IT
म प्रायः इकेबुकुरोमा घुमघाम गर्छु। इकेबुकुरोमा धेरै कार्टुन, मान्गा र एनिमेसनका पात्रहरूको सामान बेच्ने पसलहरू छन्। यो सामान किन्ने उपयुक्त ठाउँ हो जस्तो मलाई लाग्छ।
हङकङ, 22वर्ष
सेल्स तथा मार्केटिङ
सेल्स तथा मार्केटिङ
मलाई नाकामेगुरो मन पर्छ किनभने त्यहाँ वसन्त ऋतुमा चेरी फूल फुलेको दृश्य हेर्न सकिन्छ। मलाई दाइकान-यामा र ओमोतेसान्दो निर पनि मन पर्छ। अनि छुट्टीको दिन दिउँसो फुताको-तामागावा खोलाको किनारमा पिकनिक गर्न पनि मन पर्छ।
ताइवान, 24वर्ष
कारिन्दा तथा व्यवस्थाप
कारिन्दा तथा व्यवस्थाप
सिबा पार्कमा टोक्यो टावरलाई आफ्नो नजिक वा पछाडि राखेर फोटो खिच्न सकिन्छ, त्यति मात्र नभई अग्लो ठाउँमा भएकोले टोक्यो बे र रेइन्बो ब्रिज आदि सुन्दर दृश्य एक्कै चोटिमा हेर्न सकिन्छ।
कोरिया 36वर्ष
सर्भिसङ
सर्भिसङ
टोक्यो महानगरीय सरकारी भवनको वेधशाला। मेरा साथीहरू टोक्यो घुम्न आउँदा म सधैँ तिनीहरूलाई त्यहाँ लान्छु। त्यहाँबाट धेरै राम्रो दृश्य देखिन्छ अनि पैसा पनि तिर्नुपर्दैन।
दक्षिण कोरिया, 34वर्ष
IT
IT

शिन्जुकु ग्योएन, ताकाओ डाँडा, स्योवा मेमोरियल पार्क र उएनो पार्क। यस्ता ठाउँहरूमा हरियालीको आनन्द लिन सकिन्छ।
भियतनाम, 37वर्ष
सूचना तथा सञ्चार
सूचना तथा सञ्चार
फुताकोतामागावा। थुप्रै पार्कहरू र सुन्दर नदी छ। स्टाइलिश पसल र क्याफे पनि आकर्षक छ। टोक्योको बीचमा छ जस्तो नभई बरू सानो गाउँमा छ जस्तो लाग्ने वातावरण।
होङकोङ, 28वर्ष
फाइनान्स
फाइनान्स
ओदाइबा समुद्रको दृश्य हेर्न र समुद्री किनारको बालुवामा हिँड्न सक्ने आरामदायी ठाउँ जस्तो लाग्छ।
हङकङ, 22वर्ष
सेल्स तथा मार्केटिङ
सेल्स तथा मार्केटिङ
किचिजोउजिमा जिब्ली म्युजिएम प्रख्यात छ तर स्टाइलिश शप पनि धेरै भएकोले दिनभरि त्यहाँ बसेपनि बोर लाग्दैन। बेलुका पुरानो जमानाको जस्तै वातावरणको भट्टी अनि गल्लीमा युनिक बार पनि धेरै छ।
इन्डोनेसिया, 27वर्ष
मेकर
मेकर
कुनिताचि। यो फेसनदार र आकर्षक ठाउँ हो। यहाँ चारैतिर हरियाली भएकोले चार वटै ऋतुहरूको आनन्द लिन सकिन्छ।
हङकङ, 30वर्ष
सेवा
सेवा
