= Their Jobs
= Their Jobs
-
टोक्योमा काम सम्बन्धी धेरै बोझ र लक्ष्यहरू हुने गर्छन, तर आराम लिने अवसरहरू पनि छन्। टोक्योमा धेरै रमणीय ठाउँ तथा व्यक्तिहरू संग भेटघाट गर्ने वातावरण छ।
कुनै समस्या भए पनि एकसाथ समाधान गर्न सकिन्छ।
आफूलाई अभिव्यक्त गर्न सकिने सुविधा र माध्यमहरू टोक्योमा छन्।
यसरी काम र जीवन बीच सन्तुलन कायम गर्न सक्ने परिस्थिति भएकाले टोक्योमा काम गर्न धेरै रमाइलो छ। -
टोक्योको आकर्षण भनेको, विभिन्न पृष्ठभूमिका व्यक्तिहरू भेला हुने ठूलो शहरमा धेरै कुराहरू सिकी हासिल गर्न सकिन्छ जस्तो मलाई लाग्छ।
काममा विभिन्न देश र उमेरका ग्राहकहरूलाई भेट्छु ।
हरेक व्यक्ति व्यक्तिमा आफ्नो सोचाइ फरक हुन्छन्,र प्रत्येकको पृष्ठभूमि बुज्न धेरै गाह्रो हुन्छ। त्यही अनुसार मेरो आफ्नो दृष्टि /सोचाई फराकिलो हुन्छ।
ताइवानमा काम गर्ने व्यक्ति र टोक्योमा काम गर्ने व्यक्ति बीच कुराकानी गर्दा देखाइने विचारशीलतामा ठूलो भिन्नता भएको महसुस हुन्छ। हाल टोक्योमा विचारशील र नम्रतापूर्ण कुराकानी गरि कामलाई अघि बढाउने बारेमा अध्ययन गर्दैछु। अहिले जापानी कम्पनीमा काम गर्दै, एक विदेशीको रूपमा जापानीहरू मात्र नभई अरू विभिन्न देशका मानिसहरूसँग भेटघाट हुने अवसर पाई, ती देशहरूका संस्कृतिको बारेमा गहिरोसँग बुझ्ने अवसरहरू धेरै पाएको छुँ। अन्तर्राष्ट्रिय आदानप्रदानको माध्यमबाट, विभिन्न संस्कृतिहरूको सम्मान गरि, त्यसलाई बुझी, विश्वव्यापी समाजमा प्रतिस्पर्धा गर्ने क्षमता आफुमा बनाउने सोचले दैनिक जीवन बिताउँदै छु। -
पहिला हाई स्कूल स्नातक गरेपछि अमेरिका, सिङ्गापुर, अस्ट्रेलियाको बारेमा सोचेको थिएँ। जापानमा अध्ययन गर्ने विकल्प अन्तमा थपियो। त्यो समय, मेरो लागि जापान अतिनै अनौंठो देश थियो। एउतै एशियामा रहेको जापान भियतनामबाट दूरीको हिसाबले टाढा नभएपनि देशको आर्थिक विकास र जीवनस्तर भने भियतनामको भन्दा धेरै माथि भई, संस्कृति पनि एकदमै फरक भएको पाएँ। भाषा पनि संस्कृति पनि थाहा नभएको जापानमा गई अध्ययन गर्ने कुरा, मेरो चुनौती गर्ने स्वभाव सँग सबैभन्दा मेल खाने छनोट थियो।
-
-
मैले प्राथमिक स्कुलको विद्यार्थी हुँदाखेरि पहिलो पटक जापानको बारेमा थाहा पाएँ। त्यो बेला क्लासमा “सेइन्तो सइया” “ड्रागन बल” “डोरेमोन” जस्ता जापानी मान्गाहरू (कमिक) लोकप्रिय थिए। त्यसपछि जुनियर हाइ स्कुलमा प्रवेश गरेपछि “स्लम डन्क” बाट प्रभावित भई बास्केटबल खेल्न सुरु गरेँ। पढ्दै जाँदा झनझन मान्गा (कमिक) को कथा तथा त्यसका पात्रहरू प्रति आकर्षित भई, कुनै बेला ओरिजिनल जापानी भाषामा पढ्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। एकै मान्गा (कमिक) भए पनि अनुवादमा व्यक्त गर्न नसकिने वा पूरै बुझाउन नसकिने अर्थ, विभिन्न पात्रहरूको व्यक्तित्वलाई ओरिजिनल भाषामा पढ्दा विस्तृत रूपमा बुझ्न सकिन्छ। त्यसले गर्दा मान्गा (कमिक) पढ्नुको रमाइलोपन र रोचकता झन् बढ्छ। अहिले पनि “वान पिस”, “मेज्या”, “कुरोकोनो बासुके” जस्ता विभिन्न विधाका मान्गाहरू बुकशेल्फमा लहरै सजाइराखी, अफिस जाने बेला, हप्ताको अन्तिम दिन जस्ता समय भएको बेलामा पढ्ने गर्छु। मैले सानो उमेर देखि सँधै मान्गा (कमिक) को संसारमा सपनालाई अँगालेर बस्थेँ। अहिले टोक्योमा आफूले सपनामा देखेको संसारमा अझ नजिक पुग्न पाइराखेको छु।
-
-
अहिलेसम्म विभिन्न शहरहरूमा बसोबास गर्दै आएको छु।
जता बसेपनि आफूलाई मन नपर्ने कुराहरु चाहिं थिएन। ती प्रत्येक शहरमा
आआफ्नै रमणीय भेटघाट गर्न पाएको कारणले। जस्तो लाग्छ।
यस अर्थमा टोक्योलाई संसारकै सबैभन्दा आकर्षक शहरको रूपमा लिन सकिन्छ।
मलाई “इचिगो इचिए (जिन्दगीमा एक चोटि)” भन्ने शब्द एकदमै मन पर्छ। यस पृथ्वीमा जन्मी बाच्दै जाने हाम्रो लागि व्यक्तिहरु बिचको “भेटघाट” सबैभन्दा ठूलो सुअवसर हो जस्तो लाग्छ। त्यसकारण म यस अनगिन्ती भेटघाट हुने र उत्साहजनक शहरमा बसिरहन चाहन्छु होला। -
सानो छँदादेखि नै सधैँ जापानी जीवनलाई आदर्श मानी, नाटकमा जस्तै राम्रोसँग सजाएको कोठामा बस्ने र शहरमा साइकल गुडाएको दृश्य एकदम मनपराउँथेँ। बल्ल आखिरमा वोर्किङ्ग होलिडेको सिलसिलामा जापानमा आउन सकेँ। पहिला धेरै चिन्ताहरू थिए। तर अहिलेको कम्पनीबाट पार्टटाइमको कामको प्रस्ताव आएर, आफूलाई मनपर्ने डिजाइनको काम पाएँ। अनि आफूले डिजाइन गरेको सामान टिभीको विज्ञापन र पसलहरूमा राखिएको देख्दा खुसीको आँसु थाम्नै सकिनँ। आदर्श मानेको जापानमा बसी, हरेक दिन रोचक काम गरी, बिदाको दिनमा पनि गर्न चाहने कुराहरू धेरै भई साँच्चै सार्थक जीवन बिताउँदै छु। आफ्नो घर छाडे पछि, टोक्योमा एक्लै बसेर एक वयस्क जस्तै आफ्नो खुट्टामा आफै उभिन सक्ने क्षमता भएर आयो। आफूले चाहे जस्तो गरि बाँचिरहेको छु जस्तो लाग्छ।
-
म विद्यार्थी हुँदादेखि वरिपरिको वातावारण र परिवारको प्रभावको कारण जापानमा गहिरो चासो थियो। मलाई जे भए पनि शहर चाहिँ मनपर्ने, पहिलो पटक टोक्योमा घुम्न आए पछि, यो आधुनिक, फेसनेबल र विविधताले भरिपूर्ण टोक्योमा मोहित भएँ। साथै एसियाली देश परेर संस्कृतिको हिसाबले पनि मिल्ने भएकोले कल्चरस्योक लगभग थिएन। यसै कारणले मैले जापानी भाषा पढ्न थालेँ। यहाँ बसेर काम गर्यो भने आफ्नो देशमा अनुभव गर्न नसक्ने कुरा गर्न सक्नेछ, भेट्न नसक्ने विश्वभरका मानिसहरूलाई भेट्न सक्नेछ, अनि काम गरेर आफ्नो दृष्टिकोणलाई फराकिलो बनाउन चाहन्छु भन्ने विचार गरेर टोक्योमा काम गर्ने निर्णय गरेँ। यहाँको दैनिक जीवन मेरो लागि दिनप्रतिदिन ताजा र चुनौतीहरूले भरिएको छ।
-
-
पहिले देखि नै टोक्योलाई आदर्श मानेर टोक्योमा बसी पढेको थिएँ, तर मैले नागोयामा जागिरको मौका पाएँ र नागोयामा 10 वर्ष भन्दा बढी काम गरेंँ, तै पनि टोकियोमा काम गर्ने,र बस्ने चाहाना भएकोले,पहिलाको जागिर छोडेर, टोकियोमा आई, फेरि काम खोजेपछि अहिलेको कम्पनीमा छिरें।
फेरी काम पाउनमा पनि सफल भएँ र फेरि गरेको चुनौतीको पहिलो पाइला सफल भएको जस्तो लागिरहेको छ।
अब म यहाँ नछुटाईकन कडा परिश्रम गर्दै नयाँ विकासको लक्ष्य बनाई राखेको छु । -
टोक्योमा काम गर्नु एउटा ठूलो चुनौतीका साथै विकास गर्ने अवसर पनि हो।
अहिलेको काम जापान र विदेशी ग्राहकहरू दुवै सँग काम गरिरहेको छु। जापानी ग्राहकहरू र विदेशी ग्राहकहरूको कुराकानी गर्ने तरिका फरक भएकोले जापानी ग्राहकहरूँंग कुरा गर्दा ध्यान दिनुपर्ने बुँदाहरू सिनियरहरूबाट सिकी विदेशी ग्राहकहरूसँग कुराकानी गर्ने तरीका आफैले सोच्नुपर्छ । अहिलेसम्म सिकेका कुरा र अनुभव गरेका कुराहरू उपयोग गरी अझै पनि धेरै कुरा थाहा पाउन सक्छु जस्तो लागिरहेको छ। हुन त यो एक ठूलो चुनौती हो र कहिलेकाहीं आँट र हिम्मत हराइन्छ। तर आफू एक्लैले यसको सामना गरेर अगाडि बढ्यो भने आफू विकास गर्ने अवसर पनि हुन सक्छ जस्तो लाग्छ। हाम्रो कम्पनीमा विदेशी ग्राहक सेवाको विभाग स्थापना गरेको धेरै भएको छैन। त्यसैले म पनि यस विभागको एक डिभेलोपरको हैसियतमा यस कामलाई आफ्नो क्यारियर र आफूलाई विकास गर्ने मौकाको रूपमा लिएको छु।
मलाई जापान मनपर्छ, त्यसैले दैनिक जीवनमा म हरेक दिन मनपर्ने कुराहरू हेर्ने र सुन्ने गर्न सकिरहेको छु। सङ्गीत, टिभी कार्यक्रम र एनिमेसन जस्ता मनपर्ने कुराहरूसँग जुनसुकै बेला पनि सम्पर्कमा आउन पाउँदा धेरै रमाइलो छ। -
टोक्योमा काम गर्नु पीडादायी र तनावपूर्ण छ भन्ने इमेज /छवी छ, तर वास्तवमा त्यस्तो छैन। हरेक दिनको चुनौतीहरू फरक भएकाले रमाइलो महसुस भैरहेको छ। जब म चुनौतीहरू पार गर्छु, आफूमै ठूलो र आत्मविश्वास भएको महसुस गरी गर्व गर्छु।
जापानी भाषा मेरो मातृभाषा नभएको कारणले, ग्राहकलाई सूचना र जानकारी दिने बेलामा विभिन्न तरिकाहरू अपनाएर ग्राहकले बुझ्न सक्नेगरि बताई, प्रेजेन्टेसनको बेलामा ग्राहकले सजिलोसँग कल्पना गर्न सक्ने तरिकाले व्याख्या गर्ने प्रयास गरिरहेको छु।
जापानमा खान्तोउ (टोक्यो वरिपरिको क्षेत्र) को मान्छे र खान्साइ (ओसाका वरिपरिको क्षेत्र) को मान्छेको फरक संस्कृति र रहनसहन छ। ती कुराहरूबाट विभिन्न कुरा थाहा पाउँदा मलाई एकदम रोचक लागेको छ। -
-
म विश्वमा सक्रिय भूमिका खेल्न सक्ने व्यक्ति हुन अगाडि बढ्न चाहन्छु। चीनको हाइ स्कुलबाट स्नातक गरेपछि जापानमा पढ्न जाने निर्णय गरेँ। त्यस पछि चीनमा जापानी भाषाको स्कुलमा भर्ना भई एक वर्ष पछि जापानको विश्वविद्यालयमा भर्ना भएँ। जापानको विश्वविद्यालयबाट स्नातक गरेपछि जापानमा जागिर खाने निर्णय गरेँ। चीन र जापान मात्र नभई जुन देशमा पनि आफूलाई मिलाउन सक्ने व्यक्ति बनी, कम्पनी सँगै आफ्नो विश्वव्यापीकरणमा अगाडि बढ्न चाहन्छु। आफ्नो क्षमता बढाउन आफ्नो इच्छा निकै महत्वपूर्ण छ भन्ने कुरा भन्नै पर्दैन तर वातावरणले परिणाममा धेरै फरक पार्छ।
टोक्योमा थुप्रै मौका र सम्भावना छन्। विभिन्न देशका मानिसहरूसँग कुराकानी गरि विभिन्न मूल्य र मान्यताहरूबारे थाहा पाउन सकिन्छ अनि आफ्नो दृष्टिकोण पनि फराकिलो हुन्छ जस्तो लाग्यो। -
जापान टेक्नोलोजी र आर्किटेक्चर आदिमा निकै राम्रो भएकोले म विश्वविद्यालयको विद्यार्थी हुँदा कुनै बेला जापानमा पढ्न चाहन्छु भनेर सोच्दै थिएँ।
खासगरि जापानको राजधानी र विश्वमा एक प्रमुख शहर मध्येमा पर्ने टोक्योमा जाने इच्छा जाग्यो।
दुर्भाग्यवश मैले छात्रवृत्ति पाउन नसकेकोले विदेशमा पढ्न जान छोडिदिएँ। तरपनि टोक्यो प्रतिको मेरो चासो रहिरह्यो।
होचिमिन्ह शहरको सफ्टफ्रन्ट भियतनाम भन्ने कम्पनिमा काम गर्दै गर्दा तीन महिना टोक्योमा तालिम लिने अवसर पाएँ। त्यहाँ मैले कडा परिश्रमका साथ काम गर्ने उत्कृष्ट इञ्जिनियरहरूलाई भेटें। "Made in Japan" को उत्कृष्ट गुणस्तरलाई नजिकबाट देखेर कुनै दिन म टोक्योमा काम गर्न पाए हुन्छ भनेर सोच्न थालेँ। त्यसपछि होचिमिन्हमा फर्कर अनुभव बटुली, सन् 2015 साल अगस्तमा टोक्योमा रहेको पेरेन्ट कम्पनी सफ्टफ्रन्टमा काम गर्ने अवसर प्राप्त गरेँ। सुरुमा त बानी नबसेसम्म धेरै गाह्रो भयो, तर अहिले बानी बसी, प्रत्येक दिन उत्कृष्ट इञ्जिनियरहरूसँगको कामबाट धेरै प्रेरित भई अगाडि बढ्न सक्षम भएको अनुभूति भइरहेको छु। हरेस नखाई मेहनत गरिरह्यो जेमा पनि सफलता हासिल गर्न सक्छ भन्ने विश्वास गर्छु। तपाईँहरू पनि सफलता हासिल गर्न अवश्य प्रयास गर्नुहोला। तपाईँहरूको समर्थन गर्छु। -
-
-
यदि तपाई टोक्योमा काम गर्न चाहनुहुन्छ भने टोक्यो सम्भावनाले भरिएको ठाउँ हो भनेर बताउन चाहन्छु। IT, उत्पादन र सेवा उद्योग जस्ता विभिन्न क्षेत्रहरूमा सक्रिय भूमिका खेल्न सक्ने क्षेत्रहरू धेरै छन्। म आफ्नो देशको सामान उत्पादन गर्ने उद्योगलाई जापानसँग जोड्ने उद्देश्य मनमा राखी हाइ स्कूलको विद्यार्थी हुँदा देखि कल्पना गर्दै आएको एउटा कम्पनीको व्यवस्थापक बन्ने सपनालाई यहाँ टोक्योमा साकार गर्न सकेको छु।
-
जापानमा आएर सुरुमा सिजुओकामा बसेँ, त्यहाँ चार वर्ष अध्ययन गरेर अब काम (जागिर) खोज्नुपर्छ भनेर सोच्दाखेरि सर्वप्रथम मेरो दिमागमा “कहाँ काम गर्ने” भन्ने कुरा आयो। त्यतिखेर टोक्यो जाने मौका पाएर पहिलो पटक टोक्योमा आएँ। घुम्नको लागि आएको टोक्योमा जहाँ हेरे पनि सबैको अनुहारमा मुस्कान देखियो र त्यसले मलाई पनि खुसी बनायो। त्यसैले खुसी महसुस गरेको टोक्योमा गएर काम गर्ने निर्णय लिएँ।
-
टोक्योमा काम गर्ने कारण भनेको त्यहाँ धेरै रमाइलो कुराहरू धेरै होला जस्तो लागेर हो। जापान जानु भन्दा पहिले निर्णय गरेको लक्ष्य ”आफ्नो साँघुरो संसारलाई विस्तार गर्दै जान चाहन्छु” हो। विस्तारका लागि, आफू भन्दा बिल्कुलै फरक वातावरणमा बस्दै आएका मानिसहरू सँग सम्पर्कमा आई, अहिले सम्म अनुभव गर्न नसकेका कुराहरूलाई अनुभव गर्न आवश्यक छ जस्तो लाग्छ। जापान भन्नाले विभिन्न मानिसहरू बस्ने ठाउँ, जहाँ अत्याधुनिक प्रविधिको बारेमा पनि सिक्न पाउने वातावरण भएको टोक्योमा भए आफ्नो लक्ष्य हासिल गर्न सकिन्छ कि भनेर, टोक्योमा काम गर्ने निर्णय लिएँ।
-
जापानको विश्वविद्यालयमा लेखा विषयमा अध्ययन गरें। जागिर खाने / गर्ने बेलामा, जापानी भाषा र लेखाको ज्ञानलाई उपयोग गर्न सकिने काम गर्न चाहन्छु भनि सोचेको थिएँ। जापानमा आए देखि टोक्योमा बस्दै आएको छु। टोक्योको सरल जनजीवन र सुविधामा आकर्षित भई, स्वाभाविक रूपमा, टोक्योलाई केन्द्रित गरि जागिर खोजिरहेको थिएँ।
-
टोक्योमा “उत्सुक मानिसहरूको” मन नभरिने आकर्षणले भरिभराउ भएको शहर हो।
ऋतु परिवर्तन संगसंगै, आधुनिक देखि भविष्यका विभिन्न अनुहार बोकेको शहर, जहाँ विश्वभरिका नयाँ ट्रेंड (प्रवृत्ति) र सूचनाहरू जम्मा हुने उत्तेजनशील शहर हो।
“जीवन एक खेल” मा सँगै रमझम गर्न सक्ने अनौठो स्वभावका साथीहरू धेरै बनाउन सकेको कुरा आकर्षक कुरा हो। -
अवसर भनेको,राम्रो सँग पहिचान गर्न सक्यो भने जसले पनि लिन सक्ने कुरा हो। मेरो विचारमा, क्यारियर र व्यक्तित्व दुबैको विकास गर्ने अवसर पाउन सक्ने ठाउँ भनेको टोक्यो हो जस्तो लाग्छ। भाषा तथा चलनहरू सिकि विभिन्न पृष्ठभूमि भएका व्यक्तिहरू सँग भेट्न पाएको कुरा साँच्चै खुशीले प्रभावित हुने कुरा थियो। अफिसमा विभिन्न प्रकारका अनुभवी कर्मचारीहरू सँग भेटि, 5 ,10 वर्ष पछि आफूले के गर्नु पर्छ भन्ने कुरा बुझ्न मद्दत मिल्यो। काम पनि साधारण नभई, प्रत्येक दिन नयाँ अनुभव गर्न पाई, जापानी कम्पनीको संस्कृतिमा घुलमिल हुन सक्षम भएँ।
व्यक्तिगत रूपमा, फुर्सदको समय सक्रिय रूपमा शहरको अन्वेषण गरि, यो देश र यहाँका मानिसहरूलाई विकासको बाटोमा लम्काउन सफल भएको समृद्ध इतिहासलाई बुझ्ने कोसिस गर्दैछु। प्रविधिको विकास भएको अहिलेको युगमा, म सजिलैसँग मानिससँग सम्पर्कमा आउन सक्छु। जसले गर्दा, उनीहरूले पाउने अवसर र शिक्षा देखि काम सम्मको छनौटलाई कसरी नेविगेट गर्ने भन्ने ज्ञान प्राप्त गर्न सक्यो।
केही महिना पछि जापानी भाषा सरसरती बोल्न सक्ने भई, विदेशमा काम गरि, बजारको नयाँ प्रवृत्ति र प्रविधिहरूको बारेमा थाहा पाउन जापानी सहकर्मीहरू सँग सम्पर्क राख्न सक्ने हुन चाहन्छु। -
Think and Act extreme ! भने जस्तै यदि काम गर्ने नै हो भने सजिलो काम गर्नु भन्दा गाह्रो कामलाई चुनौती गर्नु राम्रो। यदि चरम सीमा सम्म पुगी,अझ माथि जान सके खुशी मिल्ने छ।
अहिले सम्म थाहा नपाएको आफूलाई भेट्न पाएँ। संसारको सबैभन्दा गाह्रो मानिने जापानी भाषा बुझेन भने मुस्किल हुन्छ। तर टोक्योमा काम गर्न सकेको कुरा चाहिँ आफ्नो लागि ठूलो आत्मबल भई राखेछ। -
-
-
टोक्योमा बस्नु भनेको मेरो लागि ठूलो निर्णय थियो। मेरो परिवारका सदस्यहरु प्राय जसो सबैजना ताइवान र अष्ट्रेलियामा फर्केका छन्। तर ज्योउचि (सोफिया) कलेजमा एक्सचेन्ज स्तुडेन्ट भएर पढाई सकी सकेपछि, टोक्योमा जागिर खोज्न लागेको बेला, मैले यो निर्णय लिएँ। म जापानमा काम गर्न चाहन्थेँ किनकि, यहाँका धेरै कम्पनीहरूले औद्योगिक क्षेत्रमा उच्च प्रतिष्ठा हासिल गरेका हुन्छन्। जापानीहरू सबै एकदम सावधानी पूर्वक काम गर्ने भई, धेरै प्रशिक्षण प्राप्त गरेकाहरू हुने भएकाले हो।
त्यसैले धेरै कम्पनीहरू खोजि, अन्तर्वार्ता दिएको थिएँ। विदेशीहरूको नजरबाट हेर्दा, टोक्योमा अन्तर्राष्ट्रिय कम्पनीहरूका धेरै शाखा कार्यालयहरू छन्। त्यसैले विभिन्न कम्पनीहरूमा अन्तर्वार्ता दिएँ। यो मेरो लागि सजिलो कुरा थिएन। तर मैले हरेस खाइनँ। मेरो लागि गाह्रो अवस्था त थियो, तर मेरो भाषाको कौशलता र बहुसांस्कृतिक पृष्ठभूमिलाई हेरेर टोक्योको कुनै न कुनै ठाउँमा आफ्नो ठाउँ (काम गर्ने ठाउँ) छ भनेर विश्वस्त थिएँ। काम खोज्दा, हाल जापानमा लोकप्रिय मोबाइल गेम सम्बन्धीको अफिसहरूलाई केन्द्रित गरें।
अन्त्यमा मैले, आफ्नो भाषाको कौशलता, बहुसांस्कृतिक पृष्ठभूमि, लेखा या व्यापार आदिको ज्ञानलाई मनोरञ्जनको क्षेत्रमा उपयोग गरि, आफूलाई सब भन्दा उपयुक्त भएको काम पाउन सक्षम भएँ। सामान्यतया, जो कसैलाई पनि आफूले खोजे जस्तो काम पाउन गाह्रो नै हुन्छ जस्तो लाग्छ। जे भए पनि, विदेशमा काम खोज्दा, बिल्कुलै फरक भाषाबाट अन्तर्वार्ता लिइने हुँदा, धेरै चोटि असफल हुने कुरा स्वाभाविक हो। -
म जापान र जापानीहरूको काम गर्ने तरिका सिक्न चाहन्छु। जापानले आजको आर्थिक शक्ति कसरी निर्माण गर्यो होला ? मलाई जापानी संस्कृति पनि मन पर्छ। मलाई जापानी खानेकुरा पनि मन पर्छ। जापान प्राविधिक रूपमा पनि उन्नत भएकोले, यहाँका इन्जिनियरहरूको सोचाइ या विचार आदिको बारेमा सिक्ने, बुझ्ने इच्छाले जापानमा आएको थिएँ।
-
विद्यार्थी हुँदा देखि कुनै दिन आफ्नै व्यवसाय सुरु गर्न चाहन्छु भनेर सोची राखेको थिएँ। कामको सिलसिलामा टोक्योमा काम गर्ने अवसर पाएँ। यहाँ 100 वर्ष नाघिसकेका कम्पनीहरू धेरै भएको कुरा थाहा पाई चकित भएँ। जापानी कम्पनीहरूले आफ्ना ग्राहकहरू र कर्मचारीहरूलाई सबै भन्दा महत्वपूर्ण मान्दछन्, साथै नियम कानुनलाई उचित ढंगले पालन गरि, सामाजिक उत्तरदायित्वहरू पूरा गर्ने कुरामा रुचि लाग्यो।
व्यवसायको लागि पुँजीको व्यवस्थाको सरलता, परिपक्व कानुनी व्यवस्था, व्यवसाय सुरु गर्न आवश्यक सहयोग आदिबाट टोक्योमा व्यवसाय सुरु गर्ने राम्रो व्यवसायिक वातावरण छ।
विभिन्न व्यक्तिहरूसँग भेट्ने सौभाग्य र विभिन्न वातावरणहरूको सिर्जनाले गर्दा स्वतन्त्र भई आफ्नै कम्पनी स्थापना गर्न सक्षम भएँ। -
“मेरो जन्म स्थान (देश) कोरिया र मनपर्ने देश जापान यी दुबै देशलाई योगदान दिन चाहन्छु।” भनेर सोची टोकियोमा काम गर्ने छनौट गरें। अन्तर्वार्ताको समयमा र मेरो व्यक्तिगत विवरण पत्रमा पनि लेखेको थिएँ। जापानमा आउनु भन्दा पहिले देखि नै हृदयमा थियो। धेरैले यो देखेर “जापान जान चाहन्छु” भनेर सोची दिए, म एक पुलको रूपमा भूमिका निर्वाह गर्न सक्षम भएकोमा खुशी हुनेछु।
-
म टोक्योमा विभिन्न अनुभवहरू गर्न चाहन्छु।
-
"टोक्यो संसारको सबैभन्दा ठूला शहरहरू मध्येमा पर्ने ठूलो शहर भएकोले मैले यसलाई छनौट गरें।
प्रतिभाशाली मानिस सँगै काम गर्न चाहन्छु र आफ्नो सीप विकास गर्न चाहन्छु। " -
मेरो लागि टोक्यो जस्तो ठूलो अन्तर्राष्ट्रिय शहर एशिया कै धेरै आकर्षक शहर मध्ये एक जस्तो लाग्छ।
यहाँ बहुराष्ट्रिय व्यक्तिहरूसँग सम्पर्कमा आई, नयाँ टेक्नोलोजी र अन्य अत्याधुनिक चीजहरूसँग पनि सम्पर्कमा आउन पाएकोले एकदम रमाइलो लागेको छ। -
धेरै समय अघि, टोक्योमा भ्रमणको लागि गएको बेलामा धेरै कुराहरू देखेर छक्क परें। जस्तै, किमोनो (जापानिज लुगा) लगाएर शहरमा हिँडिरहेका मानिसहरू। साना पसल र डिपार्टमेन्ट स्टोरहरू यति धेरै हुन्छ भनेर सोचेको पनि थिएन। जापानीहरूको लुगा र जीवनको सुविधा पनि माथिल्लो वर्गको छ जस्तो लाग्छ। त्यसैले, जापानमा काम गर्न मन लागेको हो।
-
अहिलेसम्म आफूले सिक्दै आएका कुरा र बटुलेका अनुभवको उपयोग गर्न सक्ने वातावरण हो जस्तो लाग्छ। साथै, नयाँ कुरामा चुनौती गर्नाले, आफ्नो सीपको बृद्धि (स्किलअप)गर्न सकिन्छ भन्ने विश्वास छ। मलाई लाग्छ कि, मातृभाषा नभएको भाषालाई मुख्य रूपमा प्रयोग गर्ने कुरा अहिले सम्मको सबै भन्दा चुनौतीपूर्ण कुरा हो|
-
टोक्यो एशियाको एक महत्वपूर्ण आर्थिक केन्द्रका साथै, व्यापार, कला, संस्कृति र जीवनशैलीको क्षेत्रमा विश्वको अग्रणी शहर भई काम या जीवनयापनको जानकारी र नेटवर्कहरू जम्मा हुने ठाउँ हो। विश्वव्यापी भाषाका कर्मचारीहरूलाई हुर्काउन सकिने शहर हो।
-
टोक्यो एक सुरक्षित र काममा आवत जावत गर्न सजिलो शहर हो। अन्य शहरहरूको तुलनामा काम गर्ने शैली अलि फरक छ। टोक्योमा इन्डोनेसियाको खानेकुराहरू धेरै पाउन सकिन्छ। इन्डोनेसियालीहरूको ठूलो समुदाय छ र आवश्यक परेको बेला मद्दत लिन सकिन्छ। टोक्योमा इन्डोनेसियाली राजदूतावास छ, यदि कागजातहरू बनाउन परेमा सजिलै सँग जाने आउने गर्न सकिन्छ।
-
स्वतन्त्र रूपमा आफ्नो जीवन शैली रोज्न सक्ने कुरा नै मेरो टोक्योमा काम गर्नुको कारण हो। यहाँ धेरै राम्रा फेशनले भरिपूर्ण पसल या विविध सामानहरू बेच्ने पसलहरू धेरै छन्। सुविधाजनक यातायातले गर्दा, जान चाहेको बेलामा सजिलै सँग आवत जावत गर्न सकिन्छ। यदि विलासिता नगरेमा पर्याप्त सँग सन्तुष्टि पूर्वक जीवन बिताउन सक्ने तलब पाइन्छ। जापानको राजधानी भएकोले विभिन्न देशका साथीहरू भ्रमण गर्न आउने जस्ता रमाइलो कुराहरु मन पर्दछ।
-
१.विभिन्न ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू यहाँ भेला भएका छन्। २.टोक्योको भौगोलिक अवस्थालाई हेर्ने हो भने, मैले यहाँ आफ्नो अधिक मूल्य पाउन आश गर्न सकेको छु किनकि म पाँच वटा भाषा बोल्न सक्षम छु| ३.टोक्यो ताइवानबाट नजिक भएकोले, हप्ताको अन्तमा घर फर्कन पनि सकिन्छ।
-
・जापानी मानिसहरू कस्तो किसिमको वातावरण र प्रणालीमा काम गर्छन् भन्ने कुरा थाहा पाउन चाहेकोले हो।
・ जापानी कम्पनीहरूले कसरी नयाँ कर्मचारीलाई प्रशिक्षण दिन्छन् भन्ने कुरा पनि थाहा पाउन चाहन्छु। -
जापान आउनु भन्दा पहिले, ताइवानमा करीब 7 बर्ष काम गरेको थिएँ।
तर म त्यस वातावरणबाट थाकि सकेको थिएँ। त्यतिखेर, विश्वविद्यालयका एक साथीले मलाई एउटा बिल्कुलै फरक किसिमको जागिरको भर्ना खोलेको कुरा बताए। त्यसैले मैले परीक्षणको रुपमा आवेदन दिएर हेर्दा म पास भएर अहिले यहाँ काम गर्दै छु। -
म भाषाहरूमा रुचि राख्छु त्यसैले विदेशी भाषाको अध्ययन गर्न मन पराउँछु। जब म पहिलो पटक जापानमा घुम्न आएँ, त्यो बेला मलाई जापानी भाषामा चासो लाग्यो र विश्वविद्यालयमा जापानी भाषा सम्बन्धी विषय लिई अध्ययन गर्ने निर्णय गरें। जापानी भाषाको आवाज मन पर्यो। हरेक दिन बोल्ने, नयाँ शब्दहरू सिक्न रमाइलो लाग्छ।
-
मैले PwC ताइवानमा 4 वर्ष सुपरवाइजरको रूपमा काम गरें। जहाँ कामको बेला जापानी भाषा प्रयोग गर्ने धेरै अवसरहरू थिए।
तर मातृ भाषकले जस्तो सरसर्ती जापानी भाषा बोल्न नसकेर एकदम दिक्क लागेको अनुभव गरेको छु।
मेरो कम्पनीले, विदेशमा काम गर्ने अवसर दिएर, मलाई जापानको टोक्यो कार्यालयमा काम गर्ने अवसर पनि प्राप्त भयो।
हाल PwC Japan Tokyoमा काम गर्दैछु। जापानी भाषाको सीपलाई बढाउन चाहनुका साथै जापानको संस्कृतिको बारेमा अझ जान्न चाहन्छु। यसरी मेरो आफ्नो देशको कम्पनीका लागि सहयोग गर्न चाहन्छु। -
धेरै पटक जापानमा भ्रमणमा आएको छु। तर यहाँ बसेर, काम गरेर जापानको संस्कृति र भाषाको बारेमा अझ सिक्न पाएँ। मैले टोकियो छनौट गरे किनकि यो जापानको केन्द्र हो र देशका विभिन्न स्थानमा जान यहाँ राम्रो यातायातको व्यवस्था छ। भविष्यमा पनि म यहाँ आउनुको कारण नबिर्सीकन, जापान भरि यात्रा गर्न लक्ष्य राख्न चाहन्छु।
-
मलाई सानैदेखि जापान मन पर्थ्यो। भविष्यमा अवश्य नै जापानमा बस्न चाहन्छु भनेर सोच्दै थिएँ। यो सपना साकार बनाउनको लागि, विश्वविद्यालयमा जापानी भाषालाई प्रमुख विषयको रुपमा लिएर पढें। त्यसपछि बल्ल जापानमा पढ्न आउन सफल भएँ। जापानमा अध्ययन गरिरहेको बेला, जापानी संस्कृतिसँग गहिरो सम्पर्क गर्न पाई, परम्परागत जापानी संस्कृतिदेखि पप कल्चर सम्म सबै कुरामा रुचि भई, धेरै कुराहरूमा आकर्षित भएँ। त्यस पछि, जापानमा बसोबास गर्नु मेरो सपना बन्यो। अहिले मेरो यो सपना पूरा भयो र यसलाई अझ निरन्तरता दिनेछु।
-
मलाई सानैदेखि जापान एकदम मन पर्छ। जापानमा काम गरिरहेको मेरो दाइको कुरा धेरै सुनि राखेकोले हो । वास्तवमा, मेरो सबै भन्दा मन पर्ने ठाउँ खानाजावा हो। तर टोक्योमा, जापानको संस्कृतिलाई महसुस गर्दै आफ्नो कार्य प्रगतिका साथ अगाडि बढ्न सक्छु।
-
टोक्यो हरेक किसिमको कार्यक्रमको केन्द्रीय स्थल भई, जापानका अधिकांश मुख्य कार्यक्रमहरू टोक्योमा आयोजना हुन्छन्।
त्यसकारण, टोक्यो एकआपसमा विचार आदानप्रदान गर्न, विभिन्न जानकारीहरू प्राप्त गर्नका लागि उत्तम ठाउँ तथा शहरहरू मध्ये एक हो।
टोक्योको अकिहाबारा, जहाँ जापानको एनिमेसन, मान्गा (कमिक), गेम आदि मन पराउने मानिसहरूका लागि एकदम प्रसिद्ध ठाउँ हो। -
जापानमा प्राकृतिक स्रोतहरू कम भए पनि प्रविधिले देशको विकासमा टेवा दिई राखेको छ। यही प्रविधिलाई प्रमुख बनाई रहेको देशको कम्पनीहरूको कार्य संचालन विधि र व्यवस्थापन नीतिको बारेमा अध्ययन गर्न चाहन्छु। र सबैभन्दा ठूलो कारण, जापानको कलेज, विश्वविद्यालयमा स्नातक तहमा पढ्दै गर्दा, विभिन्न जापानी मानिसहरूबाट धेरै सेवा र सहयोग पाएको कुरा हो। दुई देशहरू बीचको सम्बन्ध अझ गहिर्याउने कुरा नै मेरो सपना थियो।
-
चहलपहलको वातावरण मन पर्छ। जापानको सबैभन्दा चहलपहल, ”अनिद्रा” शहरको रुपमा चिनिने शहर टोक्यो हो। जहाँबाट कुनै ठाउँमा पनि सजिलैसँग आवत जावत गर्न सकिन्छ। यहाँ रेलहरु सुविधाजनक भएकोले बाहिर जान सजिलो छ। साथै, टोक्योमा रहनाले धेरै कुराको प्रेरणा पाउन सकिनुको साथै, अत्याधुनिक चीजहरूको अनुभव गर्न पाई, नयाँ विचारहरू उत्पन्न गर्न सजिलो हुन्छ जस्तो लाग्छ। टोक्योमा विदेशीहरू धेरै छन्। त्यसैले विदेशी संस्कृतिहरूको अध्ययन गर्नका लागि अतिनै उपयुक्त वातावरण छ। र विभिन्न देशहरूको खाना खान पाउने कुरा पनि एकदम मन पर्छ।
-
टोक्योमा विभिन्न कम्पनीहरूले आफ्नो केन्द्र स्थल बनाएका छन्। यहाँ नयाँ प्रवृत्ति सम्बन्धी सूचना र प्रविधिको सङ्कलन हुने भई, धेरै अवसरहरू लिन सकिने शहर हो। काम मार्फत विभिन्न ज्ञान र जानकारीहरू प्राप्त गरि, अवसरहरु प्राप्त गर्ने सोच राखी टोक्योमा काम परिवर्तन गरें।
-
सर्वप्रथम, इन्डोनेसियालीहरूको सोचाइ बाट हेर्ने हो भने, विदेशमा काम गर्नु भनेको नै सबैका लागि अभिलाषाको कुरा हो। जापान (टोक्यो) मा धेरै कुराहरू सिकि, आफ्नो देशमा सिकेका कुराको उपयोग गर्न सके धेरै स्वयंको विकास संग जोडिन्छ।
टोक्योमा सिक्न सक्ने कुराहरू भनेका जापानी भाषा मात्र नभई, अन्य संस्कृति, अत्याधुनिक प्रविधिको बारे पनि अनुभव गर्न सकिन्छ।
जापानको अन्य प्रान्तहरूमा अनुभव गर्न नसकिने यस्ता राम्रा कुराहरु मेरो लागि आफ्नै क्यारियरको बृद्धि गर्नमा मद्दत भयो । -
दैनिक जीवनमा पनि, विगत र वर्तमान दुबैको मिश्रणलाई कायम गरि राखेको जापानको संस्कृति उत्साहजनक छ।
जापानको मानिसहरू द्वारा देखाइने दयाभाव (शिष्टता), दैनिक जीवनमा वास्तवमै गहिरो अर्थ हुन्छ। यसले संस्कृतिमा असीम मूल्य दिन्छ।
टोक्यो डुल्नका लागि पनि, बसोबास गर्नको लागि पनि साँच्चिकै राम्रो शहर हो। -
अक्सफोर्ड विश्वविद्यालयबाट छात्रवृत्ति पाई, निपोन केइजाइ विश्वविद्यालय (JUE)मा पढ्दै गरेको बेला मलाई JUE बाट शिबुया क्याम्पसमा काम मिलाई दिएको थियो।
-
जापानको चिबा, साइतामा, इबाराकी आदिका अत्यधिक उत्पादक क्षेत्रहरूमा, धेरै प्रतिस्पर्धी कम्पनीहरू, रचनात्मक मानिसहरू, राम्रो ठूलो मात्राको ढुवानी साधन या विधिहरू छन् ।
जापानभरिका उत्कृष्ट मानवीय संसाधनहरू भेला हुने ठाउँ हो।
यहाँ काम पाउने सम्भावनाहरु धेरै छन्। -
टोक्यो संसारकै सबैभन्दा जनसंख्या धेरै भएको र ठूलो शहर हो। टोक्यो युवाहरूका लागि असंख्य अवसरहरूले भरिएको एक ठूलो ठाउँ हो।
मैले कामको लागि टोक्यो छनौट गरेको एउटा कारणमा, एकदम सुरक्षित शहर भएकोले हो। म मेरो देश भारतबाट कुनै किसिमको चिन्ता बिना एक्लै आएको थिएँ किनभने मलाई यो ठाउँको सुरक्षाको बारेमा थाहा थियो।
विद्यार्थीको बेलामा, बिहान सबेरै देखि बेलुकाको अन्तिम ट्रेनमा चढ्ने बेला सम्मको राती ढिला सम्म काम गर्ने गर्थें। तर एकचोटी पनि डरको महसुस गरिनँ। नयाँ देशमा बसाई सर्न गाह्रो कुरा हुन सक्छ, तर टोक्यो भएकोले ढुक्क हुन सकें। अरू विदेशी साथीहरू पनि टोक्योमा आई आफ्नो रमाइलो समय बिताउन सकोस् जस्तो लाग्छ। -
म 4 वर्ष सम्म नागानो केन (प्रान्त) मा अंग्रेजी भाषाको शिक्षक भएर काम गरें। त्यसैले पनि मैले जापानी भाषाको दक्षतालाई अझ राम्रो बनाउन सकें। अंग्रेजी पढाउने कामबाट एकदमै सन्तोषजनक अनुभव पाएँ। तर “जापान र अमेरिकाको बीचको पुलको रुपमा बन्न चाहन्छु” भनेर पहिला देखि सपना बोकेको थिएँ। त्यसैले जापानी र अंग्रेजी भाषा दुवै प्रयोग गर्नुपर्ने काममा संलग्न हुन चाहन्थेँ (अंग्रेजी भाषाको शिक्षकको कामका लागि जापानी भाषा आवश्यक थिएन)। टोक्योमा मेरो जापानी भाषाको क्षमता या मोलतोल गर्न सक्ने क्षमतालाई उपयोग गर्न सक्ने कम्पनी भएकोले टोक्योमा बसाई सरें।
-
केही वर्ष यता, जापानमा विदेशीहरूको रोजगारी बढेको छ भन्ने कुरा सुन्नमा आउँछ। सुरुमा मैले पनि जापानमा विदेशीको रूपमा काम गर्ने मौका पाउँछ कि पाइँदैन भनेर त्यति धेरै महसुस गरेको थिइनँ। तर दिन बित्दै जाँदा, जापानमा प्रगति हुँदै गरेको विश्वव्यापी करणलाई ध्यानमा राखी हेर्दा विदेशीहरूलाई धेरै सम्भावना र अवसरहरू छन् भन्ने कुरा महसुस गरें। जापानमा प्राप्त गर्न सक्ने अनुभवलाई व्यक्तिगत रुपमा पनि व्यावसायिक रुपमा पनि विकास गराउनका लागि राम्रो माध्यम हुनेछ। विश्वव्यापी संसारमा बढी अवसरहरूको मार्गदर्शक बन्न सकिन्छ भन्ने महसुस हुन्छ।
-
टोक्योमा संसारमै सबैभन्दा सुविधाजनक यातायात प्रणाली छ। विशेष गरी रेलमार्ग सुविधाजनक छ। रेलमार्गले गर्दा नै शहर र शहर बीच जोडिएको छ। रेलका लाइनहरू पर्याप्त भएकोले निजी कारको जरुरी छैन। धेरै सवारीका विकल्पहरू मध्येबाट सजिलै सँग अर्को स्थानमा जान सकिन्छ। अझ, टोक्योको टोएई बस सुविधाजनक हुनुको साथै, धेरै सेवाहरू प्रदान गर्दछ। जसबाट टोक्योमा कम मूल्यमा यात्रा गर्न सकिन्छ।
-
वास्तवमा टोक्योमा मात्र नभई, जापानको जुन ठाउँमा भए पनि बसोबास गर्ने चाहना थियो। तर, म गाउँमा बसिरहेकोले, जीवनमा एक पटक टोक्यो शहरमा बस्ने ठूलो इच्छा जाग्यो। अहिले सम्म अमेरिकी कम्पनीमा काम गर्ने गर्थे, जापानी भाषा प्रयोग गर्ने अवसर नभई, यतिकै भयो भने जापानी भाषा बिर्सेला की भन्ने डर महसुस भई जापानमा जापान र अमेरिकाको दुवै भाषाको प्रयोग हुने काम गर्न चाहन्थें।
-
टोक्यो एक अन्तर्राष्ट्रिय शहर हो। यहाँ विभिन्न अवसरहरू भए पनि प्रतिस्पर्धा पनि धेरै छ। त्यसैले, आफ्नो प्रगतिको लागि पनि उत्कृष्ट ठाउँ हो। जापानमा समेत पनि उपयोग गर्न सक्ने सीप हासिल गरी, विश्वव्यापी मानव संसाधन हुनुको लक्ष्य राख्दछु।
-
संस्कृतिमा भिन्नता भए तापनि, त्यसलाई बुझी स्वीकार गरि, अन्वेषण गरेर हेर्नुहोस्। ट्रान्सकल्चरले मानिसहरूको लचकता र विविधता बढाउँछ।
-
आफन्तहरू जापानमा बसिरहेको कारणले 2008 सालमा जापानमा आएँ। पहिला देखि नै मलाई जापानी संस्कृतिमा रुचि थियो। त्यसैले जापानी भाषामा पढाई सकाएर जापानको विश्वविद्यालयमा अध्ययन गरें। चीन मा लगभग दुई वर्ष काम गरेको अनुभव छ। (अन्तर्राष्ट्रिय रुपमा सामान वसार पसार सम्बन्धित काम) भविष्यमा अर्कै क्षेत्रको काममा चुनौती गर्न चाहेकोले, विश्वविद्यालय स्नातक गरेपछि जापानमा जागिर खोज्न सुरू गरें। साथै, टोक्योमा काम गर्ने कारण भन्नु पर्दा, सबैभन्दा साधारण कारण भनेको टोक्यो मन पर्नु हो। 7 वर्ष टोक्योमा बसि सकेकोले, टोक्यो मेरो “दोस्रो जन्मस्थान” बनेको छ। टोक्योमा जीवनयापन गर्न धेरै सजिलो छ, यहाँ मैले धेरै साथीहरू पनि बनाएँ। जापान र चीन भौगोलिक रूपमा टाढा छैन (प्रत्यक्ष उडानबाट
केवल 3 घण्टा) भएकोले , परिवारहरू पनि ढुक्क छन्। -
आफूसँग सम्बन्ध नभएको ठाउँमा, नयाँ सम्बन्ध बनाउँदै आफ्नो वरिपरिका राम्रा साथीहरूको मद्दतबाट जिउने भनेको पनि एक साहसिलो काम जस्तै लाग्छ।
-
मैले विश्वविद्यालयमा जापानी भाषालाई प्रमुख विषयको रुपमा छानेको थिएँ।
साथै, जापानमा पढेको अनुभव पनि छ।
यही अनुभवलाई उपयोग गर्नका लागि जापानमा काम गर्न चाहेर जापानमा आएको थिएँ।
यहाँ, म मेरो अनुभव प्रयोग गरेर काममा योगदान दिन चाहन्छु।
त्यो मेरो सपना हो। -
केही समय बिताएर, निश्चित अनुभव प्राप्त गरि, जापान र म्यानमार बीच एक अर्कालाई सहयोग गर्ने योजना,
मलाई सहयोग गर्नु भएका मेरो लागि महत्वपूर्ण व्यक्तिहरूलाई गुणको बदला तिर्ने योजना,
आफ्नो परिवारलाई समृद्ध बनाउन विभिन्न योजनाहरू बनाई, ती प्रत्येक योजनालाई कार्यान्वयन गरि सक्रिय बनाउनका लागि जापानमा काम गर्ने निर्णय गरें। -
मैले टोक्योलाई छनौट गरेको कारण, हाल टोक्योमा आफ्नो देशको तुलनामा फराकिलो रुपमा प्रविधिको विकास अति प्रवृत्ति रुपमा भएकोले हो।
हालको टोक्योमा कस्ता प्रविधिहरूको प्रयोग गरि राखेको छ भन्ने कुरा सिक्न चाहेको नै मेरो टोक्योमा काम गर्ने चाहेको कारण हो। र नयाँ प्रविधिको प्रवृत्तिको अनुभव गर्न चाहन्छु। -
टोक्योमा, बहुसांस्कृतिक वातावरणमा काम गर्न पाउनुहुनेछ। यस वातावरणले, जापानी भाषाको सीपलाई बढाउने मात्र नभई, परस्परमा अगाडि बढ्न सक्ने वातावरण छ। जापानी भाषाको दक्षतालाई उपयोग गरि नयाँ व्यापारको क्षेत्रमा आफ्नो सामर्थ्य तथा सम्भावनालाई प्रदर्शन गर्न सकिन्छ।
-
उत्कृष्ट व्यक्तिहरू सँग काम गर्न सकिन्छ।
छोटो समयमा सीप निर्माण गर्न सकिन्छ। -
टोक्योमा, म जन्मि हुर्केको ठाउँ भन्दा बिल्कुलै फरक वातावरण छ। यहाँ सबै कुरा नयाँ अनुभव भई, मेरो लागि चुनौतीपूर्णको साथै उत्साहजनक अनुभव पनि हो। म अनन्त सम्म एक विद्यार्थीको रूपमा, हरेक दिन नयाँ ज्ञान प्राप्त गर्न कोसिस गर्दछु।
-
जापान विश्व अर्थतन्त्रलाई डोऱ्याउने देशहरू मध्य एक अग्रणी देश हो। म विश्वविद्यालयमा पढ्दै गर्दाखेरि मलाई सहयोग गर्नुहुने ब्रिटिश प्रोफेसरले जापानीहरूको व्यापारिक नैतिकताको कदर गर्नुहुन्थ्यो। त्यो कुरा सुनेपछि, मैले जापान प्रति रुचि लिन थालें र प्रोफेसरले भनेको कुराको अनुभव गर्न मन लागे जस्तो भयो ।
एशियाली देशहरूमा, सबैभन्दा बढी वस्तुहरू बनाउने गरिन्छ। म व्यापार योजना र रणनीति विकासको कामको अनुभव गर्न चाहन्थेँ। -
विश्व अर्थतन्त्रको केन्द्रीय देश जापानमा भाषाको सीप र अनुभवलाई उपयोग गरि जापानी भाषा मात्र नभई जापानको व्यवसाय या संस्कृतिको पनि अध्ययन गरि कार्य प्रगतिलाई थप्दै छु।
-
टोक्यो शहरमा विश्व भरका विभिन्न संस्कृतिहरूको आनन्द लिन सक्नुहुन्छ। जुनसुकै देशको खानाको पनि मजा लिन सक्नुका साथै चाहेको कुरा जे पनि हासिल गर्न सकिन्छ। साथै, विभिन्न देशहरूबाट आएका मानिस हुने हुनाले, यदि गर्ने इच्छा मात्र भए, विभिन्न देशहरूका मानिसहरूसँग कुराकानी गरेर मजा लिन सकिन्छ। साँच्चिकै, एकदम रमाइलो शहर हो जस्तो लाग्छ।
-
फिलिपिन्स (ताखारोगो) भाषाको "Bagong Simula" को अर्थ “नयाँ सुरुवात” हो। मैले टोक्योमा काम गर्न छनौट गरेको कारण, ①नयाँ चुनौती, ② नयाँ ज्ञानको प्राप्ति, ③नयाँ जीवन जस्ता ३ कुराहरु सुरु गर्न सोचेको हुनाले हो। जापानी कम्पनीमा काम गर्ने भनेको सजिलो कुरा होइन। तर टोक्योमा काम गरि, नयाँ चुनौतीहरूको सामना गर्न चाहन्छु।
अब म विद्यार्थी नभए तापनि, नयाँ कुरा सिक्न चाहन्छु। समाजको एक सदस्यको रूपमा सुरु हुने मेरो नयाँ जीवनमा, आफ्ना कामहरू गरि समाजलाई योगदान पुर्याई, यहाँ टोक्योमा शान्तिपूर्वक जीवन बिताउन चाहन्छु। अन्तर्राष्ट्रिय वातावरण, उत्कृष्ट यातायात प्रणाली र शान्तिमय जीवन बिताउन सक्ने टोक्यो, मेरो लागि "बागोंग सिमुला [नयाँ सुरुवात (फिलिपिन्स भाषा)]” सुरु गर्नका लागि उत्कृष्ट ठाउँ हो। -
जापान भन्नाले सबैले अद्भुत देश हो भन्ने गर्छन्। टोक्यो एक विशेष शहर हो। टोक्यो सुविधाजनक शहर भएर वातावरण पनि राम्रो भई एकदमै उत्कृष्ट शहर हो। यति मात्र नभई, टोक्योका मानिसहरू पनि दयालु स्वभाव भई, उत्साहित र मेहनती छन्।
-
जापान भन्नु परेमा साकुरा फूललाई दर्साउछ। यो धेरै सुन्दर फूल भई विश्वभरी लोकप्रिय छ। साकुरा एक हप्ता जति मात्र फुल्छ। त्यस अवधिमा जापानी संस्कृति “ओहानामी ( फूललाई हेरेर आनन्द लिनु )” मा गई, साकुरा फूलको मनोरम लिई त्यसलाई महत्व दिइने कुरा मन पर्छ। साथै, विद्यालयमा भर्ना हुने या कम्पनीहरूमा नयाँ रोजगारहरू लिने बेला साकुरा फूल फुलिरहेको देख्दा “नयाँ कुराको सुरुवात” भए जस्तै आफू भित्र पनि नयाँ अनुभूति र नयाँ साहस पलाएको भान हुन्छ।
-
पहिले देखि नै मलाई गीत गाउन मन पर्थ्यो, Jpop मा पनि गहिरो चासो भई, टोक्योको खाराओकेमा पनि घन्टौं सम्म पनि नथाकिकन गीत गाउन सक्छु जस्तो लाग्छ। साथी या सहकर्मीहरूसँग गीत गाउन मन भएपनि, एक्लै गाउने बेलामा आफूलाई मन पर्ने जुन गीत पनि गाउन सकिन्छ, साथै यो तनाव समाधान गर्ने एक तरिका पनि हो जस्तो लाग्छ।
-
जापान र इन्डोनेसिया बीचको मूल्यको भिन्नता लगभग 5 गुना छ। त्यसैले एउटै वार्षिक आम्दानी भए पनि, इन्डोनेसियाको रुपैयामा विनिमय गर्दा ठूलो रकमको आम्दानी देखिन्छ।
-
टोक्यो जापानको राजधानी हो। यहाँ धेरै कम्पनीहरू भेला भइरहेको शहर हो। त्यसैले जागिर खोजी गर्नका लागि पनि सजिलो भई, ठूला कम्पनीहरूमा जागिर पाउने अवसरहरू पनि धेरै छन्।
टोक्योका मानिसहरू दयालु भई अतिथिसत्कारले भरिएका मन भएका छन्।
टोक्योको बजारभाउ या दैनिक जनजीवनका सामान्य कुराहरूका बारेमा जान्न चाहन्छु।
टोक्योमा सामान्य जापानी भाषाको प्रयोग गरिने हुँदा, राम्रो सँग जापानी भाषाको क्षमता बढाउन सकिन्छ जस्तो लाग्छ। -
अमेरिकीहरूले प्राय सोच्ने टोक्यो भनेको विभिन्न नयाँ प्रविधिहरू भएको भविष्यको ठाउँ हो। संक्षेपमा भन्नुपर्दा, अमेरिकीहरूले टोक्योलाई विश्वको सबैभन्दा आधुनिक शहरको रूपमा हेर्ने गर्छन्।
-
5 वर्ष जापानी भाषाको अध्ययन गरि, 2015 सालको गर्मी बिदामा पहिलो पटक म जापानमा आएँ र टोक्योमा भएको जापानको मौलिक कम्पनीको मुख्य कार्यालयमा इन्टर्नशिप जीवनको सुरुवात गरें। स्वाभाविक रूपमा, जापानी भाषा मात्र बोल्ने जापानीहरूले घेरिएर, आफू अलि नर्भस भए जस्तो महसुस गर्दै, कम्पनीका साथीहरू जस्तै जीवन बिताउन थालें। इन्टर्नशिपमा सेल्सको कर्मचारीहरू सँग काम गर्ने, योजना बनाउने जस्ता कार्यहरू मेहनतपूर्वक चुनौती गरें। त्यसैले आफूले आफूलाई अलि अगाडि बढ्न सके कि जस्तो लाग्छ। अब देखि, पर्यटन मात्र नभई, इन्टर्नशिप मात्र पनि नभई, वास्तवमै टोक्योमा काम गरि अवसर र चुनौतीहरूले भरिएको टोक्योमा नयाँ आफूलाई देख्न चाहन्छु !
-
१.आफुलाई लागेको कुरा भन्ने हो भने, यहाँ ट्रेनहरू सधैँ समयमै आउँछन्। त्यसैले योजना बनाएर काम गर्न सक्यो भने, आफ्नो जीवन राम्रो सँग बिताउन सकिन्छ जस्तो लाग्छ। २.कामको मामलामा, एक आपसमा समयको पालना गर्ने भएकोले गलत भ्रमहरू कम हुन्छ। जापानीहरू सधैँ समय अनुसार काम गर्छन्। त्यसैले काम पनि सजिलै सँग अगाडि बढ्छ।
-
मलाई खानेकुरामा पौष्टिक आहार प्रशस्त हुने समुद्री खानेकुरा जस्तै स्वादमा नरम खालको खानेकुराहरू मन पर्छ। टोक्योमा काम गर्दै, समुद्री खाना (सिफुद) खाँदै, कुनै दिन आफू पनि समुद्री खाना (सिफुद) को मिठास जस्तै, मानिसहरूको लागि काम लाग्ने व्यक्ति बन्न चाहन्छु। समुद्री खानेकुरा खानु, शरीर नमोटाउनको लागि पनि राम्रो भई फाइदाजनक छ जस्तो लाग्छ।
-
जापानको सरसफाइ र आधुनिकताको छविलाई एक शब्दमा व्यक्त गर्न चाहेकोले मैले "ताजा (fresh)" भन्ने शब्दलाई छानें।
-
मेरो लागि टोक्योमा काम गर्ने आकर्षण भनेको ”चुनौती” हो।
टोक्यो जापानको सबै भन्दा धेरै कम्पनीहरू केन्द्रित हुने शहर हो। यहाँ जापानका विभिन्न ठाउँबाट आउने जापानीहरू मात्र नभई विदेशी नागरिकहरू पनि धेरै छन्। त्यसकारण, मलाई यहाँका काम प्रति रमाउनुका साथै चुनौती गर्न पाउने कुरा मन पर्छ।
जापानमा काम गर्नको लागि जापानी भाषाको प्रयोग गर्नु पर्ने हुन्छ। यहाँ धेरै नबुझेका कुराहरू भए तापनि, आफ्नो भाषाको सीपलाई विकास गर्नको लागि सधैँ प्रयत्नरत छु। साथै, टोकियोमा विभिन्न व्यक्तिहरू भेला हुन्छन् र सँगै काम गर्दछन्। कम्पनीमा, मैले कामको बारेमा मात्रै नभई, भाषा या संस्कृतिको भिन्नताहरूबारे पनि सिक्न पाएँ। हरेक दिन नयाँ कुराहरू भई राख्ने हुनाले सिक्ने मौका पाई रमाइलो लागेको छ।
साँच्चिकै, टोक्योमा काम गर्न गाह्रो छ। आफ्नो भाषा र संस्कृति भन्दा फरक कुराहरूमा गाह्रो हुने गर्दछ, तैपनि आफू अझै जवान भई, पढ्ने लेख्ने क्षमता अझै धेरै छ जस्तो लाग्छ। टोक्योमा रमाइला कुराहरू मात्र नभई अरू सिक्नु पर्ने कुराहरू पनि थुप्रै छन् जस्तो लाग्छ। त्यसैले आफ्नो विकासको लागि काममा धेरै प्रयत्न गरिरहेको छु। -
मेरो विचारमा, टोक्यो शहर जहाँ जो कोहीले पनि आफ्नो कौशललाई विस्तार गर्न सकिने विकसित शहर मध्ये एक हो जस्तो लाग्छ। मेरी श्रीमती जापानी भएको कारणले पनि मैले टोक्योमा काम गरेको सबैभन्दा महत्त्वपूर्ण कारण हो।
-
“अन्तर्राष्ट्रिय आदानप्रदान” भन्ने शब्द विश्वविद्यालयको विद्यार्थी हुँदा सिकेको थिएँ। जर्मनीबाट जापान आएदेखि जीवनको सबैभन्दा महत्त्वपूर्ण अवधारणा भएको छ। आफ्नो देशको संस्कृति मात्र नभएर विदेशका संस्कृतिलाई पनि बुझेर, जापानमा विदेशको रूपमा काम गर्नुको कारणमा,आफ्नो अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्नु पनि हो। जापानलाई मन पराउने जर्मन नागरिक साथै अरू देशका नागरिकहरूले पनि त्यस्तै जर्मनीलाई मन पराउने जापानी नागरिकहरूले पनि एक आपसमा मिलीजुलि विविधताले भरेको फरक संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा संसारलाई चिनाउँदै जाउँ!
-
सकेसम्म, धेरै कुराहरूको अनुभव गर्न चाहन्छु।
-
विश्वविद्यालयमा प्रवेश गरेपछि मैले जापानी भाषा सिक्न थालें। त्यस बेलादेखि, बिस्तारै जापानी भाषा मात्र नभई जापानी संस्कृति या जापानी मानिसहरूलाई पनि मन पराउन थालें। दुर्भाग्यवस, इतिहास र राजनीति जस्ता विषयलाई लिएर दुई देशहरू बीचमा मनमुटाव हुनु कुनै अनौठो कुरा होइन जस्तो लाग्छ, तरपनि 21 औँ शताब्दीमा भएपनि जापान र चीन दुई देशहरू एक अर्कासँग मिलेर एशियाको भविष्यको लागि बाटो खुल्दै गए हुन्छ जस्तो लाग्छ। तसर्थ, जापान र चीन बीचको मैत्री सम्बन्ध कायम होस् भन्ने सोची, टोक्योमा काम गर्न चाहन्छु।
-
म आधा जापानी भएकोले, मेरा धेरै नजिकका आफन्तहरू टोक्यो शहरको वरिपरि नै बस्छन्। त्यसकारण पनि टोक्यो शहर मेरो लागि विशेष ठाउँ भएको छ। मलाई हुर्काइ बढाइदिने जापानलाई गुण चुक्ता गर्न र आफ्नो परिवार र आफ्नो वंशको पुरानो थलो तथा आफूले आफूसँग अझ परिचित हुनको लागि पनि जापानको केन्द्र जस्तो ठाउँ टोक्योमा आउन मन लागेको जस्तो लाग्छ।
-
मूलतः, जापानमा आई जापानी भाषा पढ्ने इच्छा नै मेरो जापान आउनुको मुल कारण थियो।
त्यस सिलसिलामा, केही समयको लागि अन्य कुराहरूमा रुचि लागेको थियो। तैपनि पहिले देखिनै मलाई जापानी भाषामा अझ राम्रो सिपालु हुने ठूलो इच्छा थियो। साथै, जापानी भाषामा रमाइला शब्दहरू थुप्रै भएकोले, त्यस्ता शब्दहरूको बारे थप सिक्ने मेरो भित्री जिज्ञासालाई रोक्न सकिनँ। कुनै पनि सीपको थप विकास गर्नको लागि, प्रत्येक दिन प्रयोग गर्नुपर्ने वातावरण सबैभन्दा प्रभावकारी हुन्छ जस्तो लागेकोले भविष्यमा पनि म टोक्योमा निरन्तर काम गर्न चाहन्छु। -
हरेक मानिसको आ-आफ्नै किसिमको खुशीको अर्थ हुन्छ। त्यसै प्रसंगमा भन्ने हो भने मेरो लागि आफूलाई सुहाउँदो बस्ने ठाउँ भेट्टाउनु ”खुशी” को एक महत्त्वपूर्ण विषय हो। बस्ने ठाउँ भन्नाले केवल "ठाउँ" को मात्र अर्थ नभई काम, समाज, पेसा, संस्कृति तथा साथीहरू इत्यादिहरू सँगको गहिरो अर्थ बोकेको शब्द हो जस्तो लाग्छ। म आफैले "आफ्नो सुहाउँदो ठाउँ" लाई टोकियो जस्तो शहरमा भेट्टाएँ।
-
जापान एक उत्साहजनक देश हुनुका साथै, यो एक रूढिवादी देश पनि हो जस्तो लाग्छ। जापान देश एकतर्फ आफ्नो परम्परा अनुसारको संस्कृति र इतिहास बोकेको देश भई अर्कोतर्फ हरेक दिन नयाँ ताजापन र रचनात्मक कृयाकलाप खोज्ने देश पनि हो जस्तो लाग्छ। जापान एक उच्च रचनात्मक शक्ति बोकेको देश, जसले निरन्तर रुपमा नयाँ विचारहरू तथा नयाँ सरसामानहरूलाई उत्पादन गर्दछ। म जापानीहरूको मलिन स्वभावलाई भित्री आत्मा देखि सम्मान गर्छु। संसारभरमै उत्कृष्ट सामानको उत्पादन गरिने जापान जस्तो देश, यहाँ रचनात्मक र उत्कृष्ट विचारहरू सिर्जना गरिने जुन नियमहरू छन्। त्यसलाई सिक्ने इच्छा भएकोले टोक्योमा काम गर्न चाहन्छु।
-
2013 साल सेप्टेम्बरमा, म खालि तीन महिना मात्र बस्ने हिसाबले टोक्यो आएको थिएँ। मेरो एउटा विश्वविद्यालयसित छोटो अवधिको एउटा सम्झौता भएको थियो सो सम्झौताको म्याद सकेपछि जापान भ्रमण गर्ने सोच थियो। आखिर ३ महिनाले नपुग्ने जस्तो लाग्यो, त्यसपछि पनि निरन्तर बस्ने निधो गरें।
-
म आफ्नो परिवारसँगै जापानमै बसिरहेकोले मैले जापानमा अध्ययन गर्ने कुरा पहिले निधो भयो। त्यसपछि जापानको विश्वविद्यालयबाट स्नातक तह पास गरि जापानको कम्पनीमा काम गरि त्यहाँबाट हासिल हुने अनुभवबाट भविष्यमा मेरो आफ्नै व्यवसायको लागि काम लाग्नेछ भन्ने मलाई लागेको छ।
-
मैले आफ्नो देशमा जापानी भाषा सिकेको छु यदि विदेशमा पढ्न जानु छ भने आफ्नो देशको संस्कृति सित एकदम मेल खाने देश जापानमा गएर पढ्न जाने इच्छा गरेको थिएँ। म जापान आएदेखि अहिले सम्म टोक्योमा छु । त्यसैले यदि मैले जागिर खानु छ भने जापानको कम्पनीहरू धेरै भएको शहर टोक्योमा नै काम गर्ने विचार थियो। जापानमा 5 वर्ष अध्ययन गरेर जापानको सामाजिक अनुभव लिन चाहन्थें। त्यसैले टोक्योको जापानी कम्पनीमा काम गर्ने निर्णय गरें।
-
नयाँ कुराहरू या अझै थाहा नभएका कुराहरू धेरै भएकोले ती कुराहरूलाई खोजेर बुझ्न चाहन्छु। नयाँ कुराको चुनौती गर्न चाहन्छु।
-
टोक्यो, जहाँ आफ्नो भविष्य उज्ज्वल बनाउन सकिन्छ। छोट्करिमा भन्ने हो भने, आफ्नो क्षमता भनेको के हो भनेर राम्ररी "बुझ्ने" त्यसलाई वास्तवमा "व्यवहारमा उतार्ने" आफूले बुझेको कुरा अरूको "अगाडि राख्ने" इत्यादि कुराहरू गर्न पाउने मौका दिइने साथै आफू भित्र लुकिराखेको क्षमतालाई अझै "बढाउँदै" लैजाने त्यस्तो "फराकिलो सपना" बोक्न पाउने जस्तो मौका दिइने ठाउँ हो टोकियो शहर।
-
कोरियाको संस्कृति सित पनि मिल्दोजुल्दो भई असजिलो पनि कमै छ, माध्यमिक स्तरको विद्यार्थीको बेला देखि जापानी संगीत मन पर्ने भएर, लाईब कन्सर्टमा पनि जान सकिने, अनि आफू पढेको IT विषयको सीपलाई पनि व्यवहारमा ल्याउन सकिने कुरा लाभजनक छ जस्तो लाग्छ।
साथै, फेसन या खानेकुरा・・・・ आदि मेरो रुचिसित मिल्ने कुरा मेरो लागि अति उपयुक्त कुरा हो।
